पोखरा । पोखरा महानगरको अघिल्लो चुनावमा दुइतिहाइ वडा जितेको नेकपा एमालेलाई यसपालि विगतको विरासत जोगाउनै मुस्किल परेको छ । यसपालिको स्थानीय तह चुनावअन्तर्गत ५ दिनदेखि जारी मतगणनाको पछिल्लो परिणामले त्यही संकेत गर्छ ।
महानगरका कुल ३३ वटा वडामध्ये हालसम्म १२ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । तीमध्ये एमालेले वडा १, ५ र ६ जित्दा बाँकी वडा नेपाली कांग्रेसलाई सुम्पिएको छ । २०७४ सालमा एमालेले २२ वडा जित्दा कांग्रेसको पक्षमा ११ वटा वडा भागमा परेको थियो । एक्लै चुनावमा होमिएको एमालेले विगतमा जितेको वडासमेत गुमाउन बाध्य भयो । उसले विगत जितेका वडा १ र ५ को विरासत जोगाए पनि वडा ६ कांग्रेसबाट खोसेको छ । यस्तै, कांग्रेसले यसपालि जितेका ९ वटा वडामध्ये २, ३, ४, १२ र २३ पहिले पनि जितेका वडा हुन् । वडा १३, २४, २५ र २६ भने एमालेबाट खोस्यो ।
पोखरा १ मा एमालेबाट वडाध्यक्ष उम्मेदवार सहारा प्रधान निर्वाचित भए । उनले कांग्रेसकी सीता गुरुङलाई ४१ मात्र मतान्तरले पराजित गरे । सदस्यतर्पm महिला सदस्य शोभा नेपाल, दलित महिला सदस्य जुममाया दमाई, सदस्यमा जुमकाजी गुरुङ र रामजीप्रसाद पौडेल निर्वाचित भए ।
पोखरा २ मा कांग्रेसका दिवशमान प्रधानाङ्गले एमालेका दीपक शाहलाई २ सय ७८ मतले पराजित गरे । उनले ९ सय ३९ मत प्राप्त गर्दा शाहले ६ सय ६१ ल्याए । प्यानल नै जितेको कांग्रेसको वडा सदस्यमा गौतम बिछुक्छे, भीमकुमारी आले, गोमा सुवेदी र सुनिता बिक निर्वाचित भए ।
पोखरा ३ मा कांग्रेसका प्रकाशमान उदास निर्वाचित भएका हुन् । उनले १ हजार १ सय ४ र एमालेका विष्णुशंकर ख्वाउजु ६ सय १६ ले मत पाए । महिला सदस्यमा शान्तिदेवी पराजुली, दलित महिला सदस्य सवि परियार, खुला सदस्यमा नवीन आलेमगर र सनकमान सिके विजयी भए ।
पोखरा ४ मा कांग्रेसका देवकृष्ण पराजुलीको प्यानल निर्वाचित भयो । एमालेबाट वडाध्यक्षका उम्मेदवार मदन मुल्मीलाई ६७ मतअन्तरले पछि पार्दै देवकृष्णले जीत हात पारेका हुन् । महिला सदस्यमा पार्वती माकाजु, दलित महिला सदस्य विष्णुमाया परियार, खुला सदस्यमा प्रकाश सरोज कोइराला र सञ्जयकुमार श्रेष्ठ निर्वाचित भए ।
पोखरा ५ वडाध्यक्षमा एमालेका विष्णु बरालको प्यानल नै निर्वाचित भयो । बरालले १ हजार ९ सय ७२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी कांग्रेसका प्रमोद कोइरालाले १ हजार १ मत मात्र प्राप्त गरे । महिला सदस्य कल्पनाकुमारी थापा, दलित महिला सदस्य हरिमाया विक, खुला सदस्य गोविन्दप्रसाद पराजुली र मणिराम बराल निर्वाचित भए ।
पोखरा ६ मा एमालेका विष्णुबहादुर भट्टराई विजयी भएका छन् । उनले यसअघिका वडाध्यक्ष कांग्रेसका उम्मेदवार जगतबहादुर पहारीलाई पराजित गरेका हुन् । वडा सदस्यमा बासु बराल, दीपेन्द्र पहारी, पवित्रा थापा र शोभा जलारी निर्वाचित भए ।
पोखरा १२ मा कांग्रेसका सन्तोष बास्तोला ७२ मतान्तरले विजयी भए । उनले एमालेका देशभक्त केसीलाई हराए । बास्तोलाले १ हजार १ सय ८५ मत ल्याउँदै निर्वाचित हुँदा १ हजार १ सय १३ मत ल्याए । वडा सदस्यमा गोविन्दप्रसाद सिग्देल, सन्तबहादुर थापा, महिला सदस्यमा शान्ति कोइराला र दलित महिला सदस्य गुमादेवी परिवार विजयी भए ।
पोखरा १३ वडाध्यक्षमा कांग्रेसका किरण बराल विजयी भए । उनले एमालेका वसन्तराज बराललाई पराजित गरेका हुन् । महिला सदस्यमा सुचिता तामाङ, दलित महिला सदस्यमा रजनी परियार, खुला सदस्यमा बलबहादुर परियार र सरिफ अलि मियाँ निर्वाचित भए ।
पोखरा २३ मा कांग्रेसका रामकाजी गुरुङले विजयी भए । उनले एमालेका शिवलाल पराजुलीलाई पराजित गरे । महिला सदस्यमा शान्ति शर्मा, दलित महिला सदस्यमा रीता सुनार, खुला सदस्यमा धनबहादुर गुरुङ र चेतबहादुर क्षत्री विजयी भए ।
पोखरा २४ मा एमालेका रामचन्द्र थापालाई हराउँदै कांग्रेसका भरतबहादुर अधिकारी विजयी भए । महिला सदस्यमा सरस्वती त्रिपाठी, महिला दलित सदस्यमा मैयाँ नेपाली, खुला सदस्यमा कृष्णप्रसाद सुवेदी र रेशम सुवेदी विजयी भए ।
पोखरा २५ मा कांग्रेसका मोतिलाल तिम्सिना विजयी भए । उनले नेकपा एमालेका तिर्थबहादुर थापालाई हराए । खुला सदस्यमा एमालेका कृष्णबहादुर कुँवर, सुवाष भण्डारी, महिला सदस्य धनकुमारी पोखरेल र दलित महिला सदस्य तारा विश्वकर्मा विजय भए ।
पोखरा २६ मा कांग्रेसका नरेन्द्र थापा विजयी भए । उनले एमालेका सूर्यनाथ भण्डारीलाई हराए । महिला सदस्यमा लक्ष्मीदेवी भट्टराई, दलित महिला सदस्यमा सुजना बराल सुनार, खुला सदस्यमा तीर्थबहादुर राजभाट र सुदीपराज ढुंगाना निर्वाचित भए ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कटुस पनि किनेर खान्छन् नेपाली
न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
समितिको बैठकमा सभापतिमात्रै !
hero news full width
मुख्य समाचार
सुनिन छाडे असारे भाका
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९