पोखरा, १ जेठ । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिंदा उपमेयरमा एमालेले अग्रता कायम राखेको छ ।
आइतबार बिहानसम्म १ हजार ६ सय मतगणनामा सत्ता गठबन्धनतर्फका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले ६ सय १३ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५ सय ८३ मत ल्याएका छन् । दुवै बीच कडा प्रतिस्पर्धा हुँदा एकआपसमा पछ्याउने गरेका छन् ।
यसैगरी, राप्रपाका शंकर खरालले ९८ प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ३६ मत पाएका छन् ।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ८ सय ८३ मत र सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले ७ सय १६ मत प्राप्त गरेकी छन् । राप्रपाकी रञ्जिता सेनले ८२ मत पाएकी छन् ।
पोखरा महानगरका कुल ३३ वटा वडामध्ये वडा नम्बर १, २ र १२ को मात्र मतगणना भइरहेको छ । वडा २३ को गणनाका लागि मतगणना स्थलमा बस्न प्रतिनिधिलाई सूचित गरिएको छ ।
सहिदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पोखरा उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समिति (जिसस) को भवनमा मतगणना भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
बजेटको किचलोले संसद बैठक अनिर्णीत
विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
पटक–पटक किन भासिन्छ पोखरा ?
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९