पोखरा । कपिलवस्तुको लुम्बिनीमा राजकुमार सिद्धार्थको जन्म भएको थियो । राजमहलको सुख सुविधामा हुर्केका उनी दरबार बाहिर भ्रमणमा निस्कदा रोगी, वृद्ध र घाटतिर लैजाँदै गरेको मानिस देखेपछि उनको मनमा वैराग्य आयो । त्यसको लगत्तै अर्काे दिन उनले भिक्षुलाई देखे । भिक्षुको चिन्तामुक्त तथा शान्त भाव देखेपछि राजकुमार सिद्धार्थ प्रभावित भए । दरबार त्याग गरी ज्ञानको खोजीमा बोधगयामा ज्ञान प्राप्त भएपछि जीवनमा ज्ञानको प्रचारमा हिडेका उनै राजकुमार भगवान् बुद्धको रुपमा प्रसिद्ध हुन पुगे ।
२५६६ औं बुद्ध जयन्ती मूल समारोह समिति पोखराले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शनिबार धर्मदेशना कार्यक्रम आयोजना गरियो ।
मार्फा थकाली समाज पोखरा–१२, चापापानीमा धर्मदेशना गर्दै बौद्ध अर्घाैं सदन पोखराका लामा गुरु विनोद गुरुङ लोपेनले विश्वकै पवित्र भूमि लुम्बिनीमा भगवान् बुद्धको जन्म भएको बताए । उनले बुद्धको जन्म, बुद्धत्व प्राप्ति तथा महापरिनिर्माण दिवस पवित्र दिन वैशाख पूर्णिमामा परेको उल्लेख गरे ।
कार्यक्रममा अध्यक्षको आशनबाट धन्यवाद ज्ञापन गर्दै बुद्धजयन्ती मुल समारोह समिति पोखराका उपाध्यक्ष चन्द्रप्रसाद गुरुङले बुद्ध बौद्धमार्गीको मात्र नभै विश्वकै पूजनीय भएको बताए ।
स्वागत मन्तव्य राख्दै समितिका कोषाध्यक्ष एवं धर्मशीला बुद्ध विहार दायक सभाका पूर्व अध्यक्ष गोविन्द ताम्राकारले पोखरामा औपचारिकरुपमा २०१८ सालदेखि बुद्धजयन्ती मनाउन सुरु भएको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
विद्यालयलाई फर्निचर सहयोग
ढिलै भए पनि बजेट परिष्कृत आउँछः मन्त्री खड्का
घर भत्किएर पुरिंदा बालिकाको मृत्यु, दाइ घाइते
ज्योति बैंकको ११६ औं शाखा बेंसीसहरमा
जटाशंकरलाई महालक्ष्मी बैंकको सहयोग
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९