काठमाडौं । काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम (साँझ ७ बजेको) अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल एक हजार १८० मत गणना गर्दा उहाँले ४०२ मत प्राप्त गर्नुभएको हो । सुरुआतदेखि नै अग्रता लिनुभएका साहले मतान्तर बढाउँदै लैजानुभएको छ ।
राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३१९ मत प्राप्त गर्नुभएको छ । उहाँ साहभन्दा ८३ मतले पछि हुनुहुन्छ । गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले २०२ मत ल्याउनुभएको छ । उहाँ साहभन्दा २०० मतले पछाडि हुनुहुन्छ । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत प्राप्त गर्नुभएको छ ।
अहिले काठमाडौँ महानगर–१, २, ३ र ३२ को मतगणना जारी रहेको काठमाडौँका जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । काठमाडौँ महानगरमा कूल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको थियो ।
उपप्रमुखमा डङ्गोलको अग्रता
यस्तै महानगरको उपप्रमुख पदमा नेकपा ९एमाले० का उम्मेदवार सुनिता डङ्गोलले अग्रता लिनुभएको छ । सार्वजनिक मत परिणाम अनुसार उहाँले ५३० मत प्राप्त गर्नुभएको छ । यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ११० मत ल्याउनुभएको छ ।
Related News
सम्बन्धित समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
hero news full width
मुख्य समाचार
जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९बजेटको किचलोले संसद बैठक अनिर्णीत
असार १४, २०७९विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
असार १४, २०७९तालको मापदण्ड नघटाउन सर्वोच्चको आदेश
असार १४, २०७९नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
असार १३, २०७९