लमजुङ । हिमालपारीको जिल्ला मनाङमा जिल्ला निर्वाचन कार्यालयले स्थानीय तह निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको छ । सो अवसरमा कुल ३४ मत खसेकोमा ३ मत मात्र बदर भयो ।
निर्वाचनका समयमा नयाँ मतदाता तथा पुराना पनि अलमलमा परेका मतदाताको सहजताका लागि नमुना मतदानको अभ्यास गरिएको मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।
उनका अनुसार यसपटक मतदाता शिक्षा पनि नभएकाले नागरिकमा मतदानप्रति सचेतना ल्याउन नमुना मतदान गराइएको हो । उनले भने, ‘नमुना मतदानमा ३४ जना मतदाताले भाग लिएका थिए । तीमध्ये ३ जनाको मतमात्र त्यो पनि आंशिक बदर भएको पाइयो ।’ मतदानमा सहभागीमध्ये कसैको पनि मत पूर्ण बदर भएको पाइन उनले उल्लेख गरे ।
नमुना मतदानमा महिला पुरुष, अशक्त र बृद्धवृद्धाको लाइन मिलाउने मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिन्हमा मत दिनु पर्ने जस्ता विधिबारे सिकाइएको मनाङका मुख्य निर्वाचन अधिकृत पुनराम खनालले बताए । उनका अनुसार मत बदर नहुने गरी मतपत्र पट्याउन समेत सो अवसरमा सिकाइएको थियो । उक्त नमुना मतदानमा मुख्य निर्वाचन अधिकृति एवं जिल्ला न्यायाधीश पुनराम खनालका अतिरिक्त प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य सुरक्षा निकायका प्रमुख, म्यादी प्रहरीका साथमा स्थानीयको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
पुतलीबजारमा जनप्रतिनिधिकाे पद वहाली, सुशासनयुक्त पुतलीबजार बनाउने प्रतिबद्धता
पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
गाउँपालिका अध्यक्षको सपथ
मेयरमा अन्तर ३ हजार पार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९घर फर्किए म्यादी प्रहरी
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९