पोखरा । मेन मिडिया प्रालिको आयोजनामा भएको ‘पब्लिक डिबेट विद मेयर क्यान्डिडेट्स’मा सहभागी मेयरका उम्मेदवारहरुले पोखरा महानगरको विकासका आ–आफ्ना योजनाहरु सुनाएका छन् । आईतबार पोखराको चिप्लेढुंगास्थित मानवअधिकारचोकमा आयोजित कार्यक्रममा उनीहरुले समग्र पोखराको वृहत्तर विकासका लागि आफूहरुले उम्मेदवारी दिएको बताए ।
स्वतन्त्र रुपमा मेयरको उम्मेदवारी दिएका अटेरी समूहका गनेस पौडेलले सुशासन र शिक्षित महानगर आफ्नो सपना भएको बताए । उनले पोखरालाई शिक्षा र स्वास्थ्यको ‘हब’ बनाउने गुरुयोजना लिएर चुनावी मैदानमा होमिएको बताए । ‘जब शिक्षा र स्वास्थ्यको गज्जब व्यवस्थापन हुन्छ । तर महानगरलाई अब्बल बनाउनका लागि धेरै केही गर्नै पर्दैन ।’ पौडेलले भने–‘म राम्रा भिजनहरुसहित मत माग्न आएको छु । काम गरेर देखाउन सक्ने जाँगर लिएर आएको छु ।’
उनले ठुला भनिएका दलहरुप्रति आरोप लगाउँदै भने–‘कतिपय उम्मेदवारहरुले आफ्नो घोषणापत्रमा के छ भन्ने कुरा समेत पढेका छैनन् होला । कार्यकर्ताले त झन् चुनाव चिन्हबाहेक केही देख्दैनन् । तर म मेरो घोषणापत्रको हरेक कुरालाई अक्षरस कार्यान्वयन गर्ने कुरा यहाँहरुमाझ विश्वास दिलाउन चाहन्छु ।’ पौडेलले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महानगरको उम्मेदवार प्रत्यासी शंकर खरालले पोखरालाई व्यवस्थित र भ्रष्टाचारमुक्त बनाउन आफूलाई जिताउन आग्रह गरे । ‘हाम्रो पार्टीको मूल मन्त्र नै भ्रष्टाचारमुक्त स्थानीय निकाय हो । र, पार्टीको यो सिद्धान्तलाई हामीले सगर्व लागु गर्दै महानगरको विकासमा खटिनेछौँ ।’ खरालले भने–‘त्यसैले हामीलाई मत दिन म महानगरबासीलाई आग्रह गर्दछु ।’ साथै उनले पछिल्लो पटक राप्रपाप्रति जनताको चासो र आकर्षण बढेको बताउँदै पार्टीले महानगरमा जित निकाल्ने दाबी समेत गरे ।
त्यस्तै विवेकशील साझाबाट मेयर प्रत्यासी सुशिला केसी अधिकारीले पोखराले अपनत्व लिने गरि विकासका कामहरु गर्ने र महिलामैत्री महानगर बनाउने आफ्नो योजना सुनाईन् । उनले महानगरमा पार्टीले जित निकाल्न नसकेपनि सम्मानजनक मत ल्याउने दाबी गरिन् ।
आईतबार आयोजित कार्यक्रमलाई संचारकर्मी दिनेश डिसीले सहजीकरण गरेका थिए । गठबन्धन र एमालेबाट मेयरमा प्रत्यासी रहेका धनराज आचार्य र कृष्ण थापा भने कार्यक्रममा सहभागी भएनन् ।
यसैबीच मेनखबर डटकमले कार्यक्रममा सहभागी हुने अतिथि र सहजकर्तासँगै सहयोगीहरुलाई धन्यबाद ज्ञापन गरेको छ । मेन मिडिया प्रालिका अध्यक्ष संजोग बस्यालले सबैलाई धन्यबाद दिँदै पोखराले आगामी मेयर जनताले चाहेअनुसार पाउनुपर्ने बताए । कार्यक्रम मेन मिडिया प्रालिकै प्रबन्ध निर्देशक अर्पण तिवारी र बोधराज रेग्मीको संयोजनमा भएको थियो । कार्यक्रमलाई शैक्षिक परामर्श संस्था हिमा असले मूख्य प्रायोजन गरेको थियो । त्यस्तै पावर्ड बाइ टाइटलमा टु पीएम कोरियन रामेन नुडल्स र मुगलान रेस्टुरेन्टले सहकार्य गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
hero news full width
मुख्य समाचार
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०