पोखरामा आज पाँचदलीय गठबन्धनले बृहद चुनावी सभा

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७९
Chunabi Sabha Photo

पोखरा । पाँचदलीय गठबन्धनले आज पोखरामा बृहद चुनावी आमसभा गर्दैछ । पाँचदलीय गठबन्धनले आज पोखराको अमरसिंहचौरमा बृहद चुनावी आमसभा गर्न लागेको हो ।

चुनावी आमसभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । बृहद चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।

बृहद चुनावी सभाअघि पोखराका विभिन्न स्थानबाट ¥याली निकाल्ने पाँचदलीय गठबन्धनको तयारी छ । विभिन्न स्थानबाट निस्किने ¥यालीलाई गठबन्धन दलका कास्कीका शीर्ष नेताहरुले नेतृत्व सम्हाल्ने नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङले जानकारी दिए ।

बृहद चुनावी सभामा शीर्ष नेताहरुले गठबन्धनको औचित्यबारे प्रष्ट्याउने कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । उनले बृहद चुनावी सभा ऐतिहासिक हुने उनले बताए । ‘एकल रुपमा गर्दापनि सभा भव्य हुने गथ्र्यो । अहिलेको चुनावी सभा हामी पाँच दलको संयुक्त भएकाले यसलाई विशाल, भव्य, सभ्य र ऐतिहासिक बनाउँछौं’–उनले भने । उनले यो चुनावी सभाबाट पाँचदलीय गठबन्धनको एकता प्रदर्शन गर्ने दाबी गरे ।

बृहद चुनावी सभालाई पाँचदलीय गठबन्धनले शक्ति प्रदर्शनको रुपमा लिएको छ । एमालेको बर्चस्व रहँदै आएको कास्कीमा पोखरा महानगरपालिकासहित बहुमत पालिका जित्ने उद्देश्य राखेको पाँचदलीय गठबन्धनले आइतबार पोखरामा शक्ति प्रदर्शन गर्न लागेको हो । सभामा सहभागि गराउन उनीहरुले कास्कीका पाँचवटै पालिकाका कार्यकर्ता र सर्वसाधारण ल्याउन सयौंको संख्यामा गाडीको ब्यबस्था गरेका छन् । हरेक गाउँ, टोलबाट पोखरासम्म आउने र जानेका लागि गाडीको ब्यबस्था गरिएको पाँचदलीय गठबन्धनले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width