पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका पार्टी र नेताबाट देशको विकास नहुने भन्दै मत परिवर्तन गर्न आग्रह गरेका छन् । देश र पालिकाको विकासका लागि राप्रपा विकल्प बनेर प्रस्तुत भएको भन्दै उनले हलोमा भोट मागे ।
‘कांग्रेसलाई अब कति पटक भोट दिएर देश बन्छ होला ? एमाले, माओवादीलाई कति पटक मौका दिए बन्छ होला ? ३० वर्षदेखि हेर्यौं,’ उनी भन्छन्, ‘मैले आलोचना गर्न भनेको होइन । शेरबहादुर देउवालाई कति चोटी थपिदियो भने देश बन्छ होला ? केपी ओली, प्रचण्डहरुलाई कति पटक दियो भने देश बन्न सक्छ होला ? यिनै नेता र पार्टीलाई भोट दिनु भनेको साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै हो । दूध आउँदैन ।’
राप्रपाले पोखरामा शनिबार आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै लिङ्देनले नेपाल कम्युनिष्ट पार्टीलाई प्रदेश र संघ सरकारको मत दिए पनि त्यसलाई नेतृत्व गर्न नसकेको आरोप लगाए । ‘नेपाली जनताले कम्युनिष्ट पार्टीलाई ८ वटै सरकारको नेतृत्व गर्न दिएको होइन ? यो कम्युनिष्टको सरकार कांग्रेसले ढालेको हो ? राप्रपाले ढालेको हो ? जनताले ढालेको हो ?,’ उनले थपे, ‘त्यो मतलाई ५ वर्ष थामेर खान सक्दैनन् । एमाले भन्ने पार्टीलाई कति सिट दियो भने सरकार थामेर खान सक्लान् ? त्यसकारण कसैले पनि गल्ती गर्न हुँदैन । भुल गर्ने छुट छैन ।’
अहिलेसम्म नेताहरुले काम नगरी कुरामात्रै गरेको र अब आफूले कामै गरेर देखाइदिने लिङ्देनको दाबी छ । ‘कांग्रेस, एमाले, माओवादीका बाठा साथीहरुले भन्नुहोला हामीले नसकेको काम राजेन्द्रले गर्न सक्छ ? हामी कर बढाउने होइन, हामीले चुनाव जितेको स्थानीय तहमा ५० प्रतिशत कर कटौती गरेर देखाइदिन्छौं,’ उनले भने, ‘त्यसैले के कांग्रेस, के एमाले, के माओवादी, के जसपा एक पटक राप्रपालाई भोट दिनुस् । आफ्नो पार्टीको नेता आउँदा धुरीको झण्डा देखाइदिनुस् । भोट चाहिँ चुपचाप हलोमा हान्नुस् है ।’
उनले कांग्रेस, एमालेलगायत पार्टीका जनप्रतिनिधिले भ्रष्टाचार मात्रै गरेको भन्दै राप्रपाले भ्रष्टाचार गर्नै नदिने प्रण गरेका छन् । उनले मतदानको पुरातन चेत सच्याउन आग्रह गरे । ‘एकाथरीले आफ्नो पार्टी छोड्नु हुँदैन भनेर काम गरे पनि–नगरे पनि आफ्नै पार्टीलाई भोट हालेर बस्यौं । अर्कोथरीले बाजे र बाउआमाको पार्टी हो भनेर अरुलाई भोट दिएका छैनन्,’ भन्छन्, ‘युवाहरु कसले मोटरसाइकलमा तेल हालिदिन्छ, मोटरसाइकल मर्मत गरिदिन्छ, रेस्टुरेन्टको बील तिरिदिन्छ उसैलाई भोट हाल्यौं । अब सोच फेरौं ।’
नेतृ रेखा थापाले जनताको मुहारमा खुसी दिन राप्रपा अघि आएको बताइन् । धेरैले राजनीतिलाई मजाक बनाएकोले जनताले दुख पाएको उनको तर्क छ । ‘जहाँ शिक्षा र रोजगारी पुगेको छैन, उनीहरुलाई केही गर्नुपर्छ । त्यसकै लागि म राजनीतिमा आएकी हुँ,’ उनले भनिन्, ‘धेरैलाई राजनीति मजाक र पहिचान बनाउने ठाउँ होला । तर मलाई त्यो छैन । देश बेच्न लागेको, राजधानीमा बसेर स्वाधीनताको लालपुर्जा पनि बेच्न लागेको देखेर पाखा लगाउन म आएकी हुँ ।’ पुराना नेतालाई आराम गर्न लगाएर नेतृत्व युवाले लिनुपर्ने उनको भनाइ छ । ‘उनीहरुलाई रेस्ट गर्न दिने र युवाले नेतृत्व गर्नुपर्छ । हाम्रो पार्टीमा आउनुस्, देश र समाज परिवर्तन गरौं,’ अभिनेत्रीसमेत रहेकी थापाले भनिन् ।
राप्रपाबाट पोखरा महानगर प्रमुख पदका उम्मेदवार शंकर खरालले अन्य पार्टीको नेतृत्व जनताले हेरिसकेकाले अब पर्यटकीय सहरलाई थप सुन्दर र भ्रष्टाचारमुक्त बनाउन राप्रालाई मत दिन अपिल गरे । महानगरमा उपप्रमुख उम्मेदवार रञ्जना सेन पौडेलले आफूहरूले राष्ट्रियताको सवाल स्पष्ट धारणा लिएर जनतामाझ पुगेको बताउँदै आफूहरूलाई जनताका साथ रहने विश्वास व्यक्त गरिन् ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१