पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई भोट दिइ विकास र समृद्धिको नेतृत्व सुम्पन आग्रह गरेका छन् ।
एमाले पोखरा ३१ ले बेगनासतालको मोहोरियामा आयोजना गरेको उम्मेदवार परिचयसहितको आमसभामा बोल्दै उनले मतदातासमक्ष सो आग्रहग रेका हुन् ।
यतिबेला गठबन्धनभित्र कुन चुनाव चिन्हमा मतदान गर्ने भन्ने अन्यौल रहेको टिप्पणी गर्दै उनले अन्यौल नभएको सूर्यमा मतदान गरी एमालेलाई विकास र समृद्धिको नेतृत्व सुम्पनसमेत आग्रह गरेका हुन् । उनले पोखराको महानगरमा अनुभवी मेयरमा कृष्णबहादुर थापा र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवारको रुपमा अघि सारेको भन्दै एमालेको जीत सुनिश्चित रहेको दाबी पनि गरे ।
मेयरका उम्मेदवार थापाले लेखनाथ क्षेत्रलाई आफूले प्राथमिकताका साथ हेरेको बताए । बेगनासताल र फेवातालबीच पर्यटकीय रुपमा जोड्न यातायातको सहज र द्रुत सेवा पनि आफ्नो योजनामा रहेको भन्दै थापाले एमालेकै नेतृत्व पालामा तालचोक बेगनास ताल सडक ४ लेन बनाउने कामको टेण्डर सम्झौता भइसकेकोले छिटै काम सुरु हुने दाबी गरे ।
उपमेयर पदका उम्मेदवार गुरुङले विभिन्न अप्ठेराबीच गएको ५ वर्षमा एमाले नेतृत्वको महानगर टिमले सम्झनलायक धेरै काम गरेको दाबी गरिन् ।
पोखरा ३१ मा वडाध्यक्षका उम्मेदवार चिरञ्जीवी बञ्जराले पोखरा ३१ मा मतदाताको उत्साहजनक प्रतिक्रिया पाएको भन्दै जीत सुनिश्चित भएको बताए । पार्टीले आमसभा, कोणसभा, मतदाता भेटघाट एवं घरदैलो कार्यक्रमलाई जारी राखेको प्रचारप्रसार समितिा संयोजक एवं वडा कमिटीका सचिव पुरुषोत्तम अधिकारीले जानकारी दिए ।
यसैबीच, पोखरा १९ ले लामाचौरमा आयोजना गरेको चुनावी सभामा बोल्दै एमाले पोलिट्ब्युरो सदस्य जगतबहादुर विश्वकर्माले देशव्यापी रुपमा देखिएको जनलहरले एमालेको जीत सुनिश्चित भएको दाबी गरे । उनले एमालेविरुद्ध बनेको गठबन्धन दिनप्रतिदिन कमजोर बन्दै गइरहेको पनि बताए ।
पोखराको मेयरका प्रत्यासी कृष्णबहादुर थापाले समृद्ध पोखरा निर्माणका लागि आफूले थुप्रै योजना सार्वजनिक गरेको बताउँदै त्यसको कार्यान्वयनमा एमालेको जीत आवश्यक रहेको बताए । उनले पोखरा १९ का अधिकांश ग्रामीण क्षेत्रमा सुरुआत भएका विकासका पूर्वाधारलाई निर्माण सम्पन्न गर्न वडासँग समन्वय गरिने बताएका छन् ।
उपमेयर उम्मेदवार मञ्जुदेवी गुरूङले आफूले ५ वर्षको कार्यकालमा थुप्रै काम गरेकोे बताउँदै थप समृद्ध पोखरा निर्माणका लागि एमालेको जीत आवश्यक भएको बताइन् ।
पार्टीका कास्की जिल्ला कमिटी अध्यक्ष मनबहादुर गुरूङले पोखराको व्यवस्थित विकासको योजना एमालेसँगमात्र भएको दाबी गरे । पोखरा १९ बाट वडाध्यक्ष उम्मेदवार इमानराज पौडेलले जनताको शिरलाई उँचो राख्ने गरी जनजीविका योजनालाई प्रथामिकताका साथ अगाडि बढाउने बताए ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१