पोखरा, २४ वैशाख । नेपाली कांग्रेस पोखरा महागर १० ले घरदैलो कार्यक्रम सकेर कोणसभाका कार्यक्रम सुरु गरेको छ । स्थानीय तहको निर्वाचन प्रचार जुटेको उसले शनिबार अमरसिंहचौर र पीललडाली टोलमा कोणसभा गर्यो । घरदैलोमा एकखालको चुनावी माहोल तयार गरेको वडा इकाइले कोणसभाबाट झनै जीतको आधार तय गर्ने वडा इकाइ सचिव उदिम गुरुङले बताए ।
कोणसभामा कांग्रेस क्षेत्र २ सभापति राजेन्द्रमणि लामिछानेले वडा १० मा कांग्रेसको साख जोगाउनुपर्ने बताए । विकासको काम गर्ने पार्टी नै कांग्रेस भएकाले वडामा कांग्रेस र महानगरको मेयर र उपमेयरमा गठबन्धनको टिमलाई मतदान गर्न उनको आग्रह थियो ।
कांग्रेसकी महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि सरस्वती गुरुङले आगामी ५ वर्षका लागि राजेश गुरुङको नेतृत्व सक्षम रहेको भन्दै जीत आवश्यक रहेको बताइन् । ‘उमेर र विचार दुवैले युवा । जोश छ, जाँगर छ । काम गर्ने अठोट र भिजन छ,’ उनले भनिन्, ‘यसपालि राजेश गुरुङको नेतृत्व रोजौं, असल जनप्रतिनिधि विजयी गराऔं ।’
कांग्रेस पोखरा महानगर समिति सभापति वीरेन्द्रमान बिछुक्छेले समुन्नत नेपाल बनाउन पनि गठबन्धन आवश्यक रहेको बताए ।
कार्यक्रममा महाधिवेसन प्रतिनिधि तथा वडासदस्य नीशा मल्ल ठकुरीले कोरोनाका कारण केही काम अपुरो रहेकाले ती काम पूरा गर्न पनि कांग्रेसकै नेतृत्व आवश्यक परेको बताइन् । आफूहरुले बनाएका योजना मेयर उपमेयरसम्म पुग्दा कटौटी हुने हुँदा मेयर उपमेयरमा पनि गठबन्धन आवश्यक रहेकोले प्यानललाई नै भोट गर्न आग्रह गरिन् ।
क्षेत्रीय प्रतिनिधि तथा वडाध्यक्ष राजकुमार गुरुङले आफू अध्यक्ष हुँदा गरेको कामको निरन्तरताका लागि कांग्रेसको जीत हुनुपर्ने बताए । ‘बोलेर देखाउने होइन, कामले देखाउने हो । नेपाली कांग्रेस काम गर्न सक्षम छ,’ उनले भने ।
चुनावी सभामा वडाध्यक्षका उम्मेदवार राजेश गुरुङले कसैले फैलाएको भ्रम साँचो मानेर लोभ र लालचमा गलत पार्टीलाई भोट नदिन मतदातालाई सचेत गराए । वडाको विकास र सुशासन चाहने मतदाताको वडा भएकाले कांग्रेसलाई मत गर्न उनको आग्रह थियो ।
कार्यक्रममा हालका वडाध्यक्ष राजकुमार गुरुङ, पूर्व वडाध्यक्ष फत्तेबहादुर गुरुङ, जिल्ला सदस्य चौबहादुर गुरुङ, वडासदस्य पदका उम्मेदवार परमेश्वर कार्की लगायतले वडामा कांग्रेस नेतृत्व र महानगरमा गठबन्धन नेतृत्वलाई भोट दिन आग्रह गरे । पोखरा १० मा राजेश नेतृत्वमा परमेश्वर बहादुर कार्की, नरदेवी गुरुङ, पूर्णचन्द्र न्यौपाने र सुनीमाया नेपाली सदस्य उम्मेदवार छन् । आइतबार मेयर र उपमेयर उम्मेदवारसहित जनप्रिय टोल, मिलन टोल र नागिन टोलमा घरदैलापश्चात कोणसभा गरिने वडा इकाइ सचिव उदिम गुरुङले बताए ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१