पोखरा, २४ बैशाख । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावमा भ्रष्ट नेता हराउन आह्वान गरेका छन् । उनले आफ्नो पार्टीलाई ‘नष्ट हुन दिने तर भ्रष्ट हुन चाहीँ नदिने’ पनि दाबी गरे ।
पोखरामा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेसम्म ठूला भनिएका एमाले र काँग्रेसका जनप्रतिनिधिले कर बढाउने र भ्रष्टाचार गर्ने बाहेक केही काम गर्न नसकेको आरोप लगाए ।
उनले भने, ‘पोखरामा अहिलेसम्म राप्रपाले राम्रो मत ल्याउन सकेको छैन । यो पटक राप्रपाका उम्मेदवारलाई भोट हालेर जिताउनुहोेस्, महानगर भ्रष्टाचारमुक्त हुने कुराको जिम्मा म लिन्छु ।’
लिङ्देनले हल्लाखल्ला बिनै खुसुक्क राप्रपालाई मत दिन मतदाताहरुसमक्ष आग्रह गरे । ‘मतदाताहरुले राप्रपाको चुनाव चिन्हमा छाप लगाएर एमाले र काँग्रेसलाई पत्तासाफ बनाउन म आग्रह गर्दछु । जम्मा एकचोटी राप्रपालाई जिताइदिनुहोस्,’ लिङ्देनले भने, ‘अर्कोपटकबाट हाम्रा उम्मेदवारहरु यसो गर्छु भन्दै तपाईकहाँ भोट माग्न आउने छैनन् । जनताले स्वतस्फूर्त रुपमा हामीलाई नै निरन्तर भोट दिनेछन् ।’
उनले आफू बाँचुञ्जेल भ्रष्टाचारविहिन राजनीतिमा समर्पित हुने पनि दोहो¥याए । उनले आफू यो जुनीमा मात्रै नभएर अर्को जुनीमा पनि इमानदारिताको राजनीति गर्ने बताए । लिङ्देनले पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढेको बताउँदै केही समयमै पार्टीले देशकै सबैभन्दा ठूलो पार्टीको आकार लिने दाबी समेत गरे ।
अभिनेतृसमेत रहेकी राप्रपानेतृ रेखा थापाले जनताको मुहारमा खुसी दिन राप्रपा जनताको माझ आएको बताइन् ।
राप्रपाबाट पोखरा महानगर प्रमुख पदका उम्मेदवार शंकर खरालले अन्य पार्टीको नेतृत्व जनताले हेरिसकेकाले अब पर्यटकीय सहरलाई थप सुन्दर र भ्रष्टाचारमुक्त बनाउन राप्रालाई मत दिन अपिल गरे । महानगरमा उपप्रमुख उम्मेदवार रञ्जना सेन पौडेलले आफूहरूले राष्ट्रियताको सवाल स्पष्ट धारणा लिएर जनतामाझ पुगेको बताउँदै आफूहरूलाई जनताका साथ रहने विश्वास व्यक्त गरिन् ।
सो अवसरमा करि ७ सय जना युवाा राप्रपामा प्रवेश गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
गाउँपालिका अध्यक्षको सपथ
hero news full width
मुख्य समाचार
मेयरमा अन्तर ३ हजार पार
घर फर्किए म्यादी प्रहरी
जेठ ६, २०७९पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९