पोखरा, २४ वैशाख । पोखरा महानगरमा गठबन्धनबाट मेयरका साझा उम्मेदवार धनराज आचार्यले पोखराको सार्वजनिक स्थलहरुमा शौचालय बनाउने बताएका छन् ।
पोखरा ५ मा घरदैलो कार्यक्रममा सहभागी हुँदै आचार्यले मानिसको आधारभूत आवश्यकता भित्र पर्ने सामान्य कुरामा पनि नेकपा एमालेको नेतृत्वले ध्यान नदिएको बताए । गठबन्धनको नेतृत्वले जितेमा सार्वजनिक स्थलहरुमा शौचालय बनाउन पहल गर्ने र जग्गा प्राप्ति भएमा सार्वजनिक शौचालय बनाउने उनले प्रतिबद्धता जनाए ।
गएको ५ वर्षमा नेकपा एमालेले घोषणापत्रका प्रतिबद्धता पूरा गर्न चुकेको उनको आरोप थियो । महानगरमा धेरै वेरुजु भएकाले त्यसको हिसाबकिताब पनि खोज्ने उनको प्रतिवद्धता छ ।
घरदैलोमा गठबन्धनबाट उपमेयरकी साझा उम्मेदवार कोपिला रानाभाटले घोषणापत्रमा भएका सुत्केरी भत्ता र २ वर्षसम्मका बालबालिकालाई पौष्टिक आहारलाई अक्षरस पालना गर्ने जनाइन् । गठबन्धनको प्रमुख एजेन्डा भनेकै प्रतिगामी नेकपा एमालेलाई हराउनु रहेकाले त्यसमा प्रतिवद्ध भएर लाग्न मतदातालाई उनको आग्रह थियो । उनले पोखरा ५ मा मित्रवत् प्रतिस्पर्धामा जानुपर्ने धारणा राखिन् ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
मंसिर २३, २०८१प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मंसिर २३, २०८१अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१