पोखरा । पोखरा महानगरपालिका वडा नं २६ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षका प्रत्यासी सूर्यनाथ भण्डारीले एमालेलाई हराउने ल्याकत अन्य दलसंग नभएको बताएका छन् । पार्टीले आज आयोजना गरेको घरदैलो कार्यक्रममा बोल्दै उनले विकास तथा समृद्धिको मार्ग एमालेले मात्रै तय गर्न सक्ने र आफूले चुनाव जितेको भोलिपल्टबाट नै आम नागरिकको कामका लागि खटिने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।
जनताको भावना अनुसार काम गर्ने क्षमता एमालेमा मात्रै रहेको उनको दावी थियो । उनले कार्यक्रममा विकास तथा समृद्धिको लहर ल्याउन एमालेले भोट गर्न समेत मतदातासंग आग्रह गरेका छन् ।
निर्वाचनको मिति नजिकिदै जाँदा घरदैलो कार्यक्रमलाई जोडतोडका साथ निरन्तरता दिइएको प्रचारप्रसार समिति संयोजक रामचन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् । घरदैलोका क्रममा आम मतदाताले नेकपा एमालेलाई सकारात्मक प्रतिक्रिया दिइरहेको समेत उनको भनाई छ । स्थानीय तहको निर्वाचनका क्रममा सात सूर्यमा सात छाप लगाई एमालेका उमेद्वारलाई विजयी गराउने समेत उनले आग्रह गरे । एमालेका तर्फबाट पोखरा २६ मा वडाध्यक्षका प्रत्यासी भण्डारीसहित सदस्यमा धुर्व थापा बसन्त बन्जरा, प्रमिला बराललाई जिताउन अनुरोध गरे ।
गण्डकी प्रदेश सदस्य पुष्पज्योति ढुंगानाले एमालेले जितेमात्रै विकास हुने र त्यसको लागि एमालेको जित सुनिश्चित रहेको र गठबन्धन कागजको मात्रै गठबन्धन रहेको बताएका छन् ।
घरदैलो कार्यक्रममा जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टोल कमिटीका अध्यक्ष रमेश जिसी तथा वडा अध्यक्ष नारायणप्रसाद बराल, हरिश्चन्द्र देवकोटा, खड्का रानाभाट, विकास अधिकारी, वामदेव ढुंगाना, रामहरि ढुंगाना, रामकृष्ण जि.सी, सूर्यप्रकाश ढुंगाना लगायत पदाधिकारीको सहभागिता थियो । वडामा आज अर्घौंचोकदेखि विजयपुरसम्म घरदैलो गरिएको छ ।
जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टोल कमिटीका अध्यक्ष रमेश जिसी तथा वडा अध्यक्ष नारायण प्रसाद बराल ,हरिश्चन्द्र देवकोटा ,खड्का रानाभाट,बिकास अधिकारी,बामदेब ढुंगाना,रामहरि ढुंगाना,रामकृष्ण जि.सी. ,सूर्य प्रकास ढुंगाना लगायत पदाधिकारीहरुको सकृय सहभागिता रहेको थियो ।आज अघौचोक देखि बिजयपुल सम्म घर दैलो गरेका छन।घरदैलो कार्यक्रममा ४००जना भन्दा बढि उपस्थिति रहे को प्रचार प्रचार बिभाग प्रमुख सन्देश तिमिल्सिना ले बताए ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१