चुनाव जिते मादीमा बाँदर धपाउने अभियान: देवीजंग

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७९
congress madi~devijung

पोखरा । गठबन्धनबाट मादी गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका देवीजंग गुरुङले चुनाव जितेपछि बाँदर धपाउने अभियान चलाउने बताएका छन् । मादी ८ को चुनावी सभामा गुरुङले किसानलाई बाँदरले निकै दुख दिएको बताउँदै चुनाव जितेपछि बाँदरविरुद्ध अभियान चलाउने बताएका हुन् ।

‘तपाईंहरुलाई बाँदरले खेती खान पनि दिएको छैन । खेती लगायो, सबै सखाप पारिदिने, हामीले चुनाव जितेपछि बाँदर धपाउने अभियान चलाउँछौं,’ गुरुङले भने ।

चुनाव जितेपछि कृषि, पर्यटन र उद्यमशीलतालाई मादी निर्माणको आधार बनाउने बनाउने उनले सुनाए । कृषि, पर्यटन र उद्यमशीलतालाई जोड दिँदै किसानलाई साँच्चिकै नजिकको सिंहदरबारको अनभूति गराउने उनले बताए ।

मादी गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङलले विकास विरोधी, कानुन, संविधान नमान्नेलाई वैशाख ३० गते नांगेझार पार्ने बताए । अधिनायकवादी शैली र भ्रष्ट मानसिकतालाई वैशाख ३० गते मादीवासीले सधैंका लागि पन्छाउने विश्वास व्यक्त गरे ।

मादी ८ मा घरदैलो एवं कोणसभामा कार्यक्रम अध्यक्षता नेपाली कांग्रेस मादी ८ का सभापति राजेन्द्र अधिकारीले गरेका थिए । कोणसभामा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य सोमती गुरुङ, वडाध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका देवीजंग गुरुङ, नेपाली कांग्रेस क्षेत्रीय सचिव सरोज केसी, मादी सभापति यामबहादुर गुरुङ, किरण सापकोटा, बेलबहादुर विक, चेतबहादुर गुरुङ, ओमप्रकाश गुरुङ, आश तामाङलगायतले बोलेका थिए ।

शनिबार नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ र नेपाली कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसीले मादी १० मा सम्बोधन गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

hero news full width