पोखरा १९ मा एमालेको प्रचार तीव्र

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७९
cpn uml pkr 19~iman

पोखरा । स्थानीय तहको मतदानको मिति नजिकिँदै गर्दा पोखरामा चुनावी सरगर्मी बढ्दै गएको छ ।

एमालेको गढको रूपमा चिनिएको पोखरा १९ मा एमालेका उम्मेदवार मात्र नभई नेता कार्यकर्ता पनि पछिल्लो एक सातादेखि घरदैलो अभियानमा सक्रिय छन् । वडाध्यक्षका प्रत्यासी इमानराज पौडेल, सदस्य विकास आचार्य, दुर्गादेवी बस्नेत, नवराज केसी र कल्पना सुनारसहित नेता कार्यकर्ताले अकला मन्दिरबाट घरदैलो सुरू गरेका थिए ।

एमाले प्रदेश कमिटीका सदस्य शोभामोहन पौडेल, बलराम भण्डारी , उमनाथ गौतम, वडा इन्चाज सुरेन्द्रमानसिह भण्डारी, नेता हिमलाल पौडेल, लेखनाथ पौडेल, लक्ष्मी अधिकारी, गीता तिवारी, युवा नेता महेन्द्र अधिकारी, अर्जुन अधिकारी, रमेश सुनार, बाबुराम सुनार लगायतले लामाचौरको विभिन्न क्षेत्रमा घरदैलो गरी एमालेको पक्षमा मत मागेका छन् ।

शनिबार मेयरका उम्मेदवार कृष्ण थापा, उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरूङसहित घरदैलो र सभा गरिने प्रचार समितिले जनाएको छ । घरदैलोका क्रममा ८० वर्षीया वृद्धाले उम्मेदवारहरुलाई आशीर्वाद दिँदै एमाले आफ्नै सन्तान बराबर भएको त्यसैलाई मतदान गर्ने बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width