पोखरा । मतदातासँग प्रत्यक्ष भेट गर्नुका साथै मतदान अपीलका लागि पोखरा १४ का उम्मेदवारहरुले शुक्रबार पनि घरदैलो कार्यक्रमलाई जारी राखेका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बोधराज कार्कीसहित गठबन्धन दलका वडा सदस्य पदका उम्मेदवार एवं कार्यकर्ताहरुले मतदातासंग प्रत्यक्ष भेटघाट गर्न घरदैलो अभियान जारी राखेका हुन् ।
मतदाता शिक्षासहित घरदैलो गरिएको कांग्रेस पोखरा १४ का इकाइ सचिव सविना क्षेत्रीले बताइन् ।
कार्यकर्ताहरुले टोलवासीको हित र विकासका लागि बोधराज कार्की नेतृत्वको प्यानललाई अमूल्य मतले विजयी गराऔं भन्दै नारा लगाएका थिए । कार्कीको नेतृत्वमा वडा सदस्य पदका लागि तनुजा थापा, दिलमाया गुरुङ, शिव कँडेल र कृष्णहरि काफ्ले उम्मेदवार छन् ।
कार्यकर्ता एवं मतदाताको उत्साहजनक सहभागिता रहेको घरदैलोमा उम्मेदवार बोधराज कार्कीले वडाको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका साथै हरेक टोलको समस्या समाधानमा सधैं साथ रहने प्रतिबद्धता जनाए ।
कार्यकर्तासहित उम्मेदवारहरुले अनुगमन टोल, प्रगति टोल, स्वागतनगर टोलमा घरदैलो गरी नेपाली कांग्रेसलगायत गठबन्धन दललार्ई मत दिन आग्रह गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१