हेमजा । देशभर स्थानीय चुनावको सरगर्मी बढेको छ तर अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीस्थित माछापुच्छ्रे माविका शिक्षक भने राजनीतिक दलका सभा सम्मेलन र घरदैलोमा नलागी विद्यार्थी भर्ना अभियानमा जुटेका छन्।
विद्यालय उमेरका कुनै बालबालिका विद्यालय बाहिर नरहुन र उनीहरु पढ्न पाउने अधिकारबाट वञ्चित नहोऊन भनेर घरदैलो सुरु गरिएको हो ।
नर्सरीदेखि कक्षा ९ सम्म विद्यार्थी भर्ना खुलाइएले उक्त जानकारी विद्यार्थी र अभिभावकसम्म पुर्याउन, विद्यालयका सेवा, सुविधा, शैक्षिक गुणस्तरको बारेमा जानकारी दिन तथा सेवा क्षेत्रभित्रका मानिसमा विद्यालय हाम्रो हो भन्ने भावनाको विकास गराउन अभियानले सहयोग पुर्याउने सहायक प्रअ कृष्णप्रसाद अधिकारीले विश्वास व्यक्त गरे।
सो विद्यालय कास्की जिल्लाको पश्चिमी भेगकै पुरानो मानिन्छ । जसमा नेपाल सरकारको नमुना विद्यालय विकास कार्यक्रम कार्यान्वयनको क्रम चलिरहेको छ । विद्यालयप्रति सबैको चासो र माया छ, त्यसलाई झनै प्रगाढ बनाइ विद्यार्थी संख्या वृद्धि गर्ने, अभिभावकका गुनासा सुन्ने र आगामी दिनमा विद्यालयमा आवश्यक सुधार गर्ने योजनामा घरदैलो सफल हुने शिक्षक नारायणप्रसाद भण्डारीले सुनाए ।
हाल उक्त विद्यालय हाताभित्र छात्रावास, प्रशासनिक भवन लगायतका भौतिक निर्माणका कार्य चलिरहेका छन् । यहाँ कुल ३ सय ५० विद्यार्थी पढ्छन् ।
Related News
सम्बन्धित समाचार
एसइई परीक्षा आजदेखि, गण्डकीका ४६ हजार परीक्षार्थी
एसइई दिन सदरमुकाम आउनुपर्ने बाध्यता
छानो उडाउँदा विद्यार्थीको बिचल्ली
शुक्लागण्डकी आविलाई सहयोग
एसइईमा संस्कृततर्फबाट नौ विद्यार्थी सहभागी हुँदै
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९