पोखरा । पोखरा वडा १५ का स्थानीयवासीले आफूहरुलाई सक्षम, योग्य र इमानदार उम्मेदवार आवश्यक रहेको बताएका छन् । स्थानीय तह निर्वाचन प्रचारप्रसारका क्रममा घरदैलोमा हिडेका उम्मेदवारसँग वडावासीले यस्तो माग गरेका हुन् ।
गठबन्धनका उम्मेदवार जिताउने अभियानमा रहेको वडा १५ मा अहिलेसम्म करिब ७५ प्रतिशत घरदैलो सकिएको नेपाली कांग्रेस वडा इकाइ सचिव प्रितम गुरुङले जानकारी दिए । शुक्रबार स्यानीपाटन क्षेत्रमा घरदैलो कार्यक्रम भएको छ ।
उता, पोखरा २० मा अब चुनिने जनप्रतिनिधिले पहिलो काम वडा कार्यालय भवन बनाउनु पर्ने भएको छ । अहिलेसम्म वडाको भवन पनि नहँुदा सेवाग्राहीलाई समस्या परेकाले आफूहरुले वडा भवनलाई नै प्राथमिकतामा राखेको कांग्रेस वडाध्यक्षका उम्मेदवार महेन्द्र अधिकारीले बताए ।
कांग्रेसले वडामा अहिलेसम्म ९० प्रतिशत घरदैलोको कार्यक्रम सकिसकेको जनाएको छ ।
भौगोलिक विकटता रहेको वडा २० मा समग्र विकासका काम गर्नुपर्ने जस्तै बाटोघाटो, पुलपुलेसा, खानेपानी, दलित वस्ती व्यवस्थापन लगायत समस्या समेत रहेका छन् । बाख्रापालनको पकड क्षेत्र मानिने यसै वडामा रहेको महेन्द्र माविलाई गण्डकी विश्वविद्यालयसँग समन्वय गरेर कृषिमा स्नातक तहसम्मको पठनपाठन गराउने, डिपिआर भैसकेको लामिडाँडा–मौजा–आँटीघर–अर्मला–जोगिमणि जोड्ने सडक र बैंसी पीपलडाली–आटीघर सडकलाई योजनामा राखेर क्रमशः कालोपत्रे गर्ने, मठमन्दिर, हरिहर गुफा लगायतलाई विकास गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको वडाध्यक्षका उम्मेदवार महेन्द्र अधिकारीले जानकारी दिए ।
वडा २ मा पनि घरदैलो सकिएको छ । मतदाता भेटघाट, चुनावी सभा, टोल इकाइ सभापति र बहालवाला सभापतिसँग छलफल लगायत कार्यक्रम बाँकी रहेको भए पनि यस वडामा कांग्रेसका उम्मेदवारको जीत पक्का भएको कांग्रेस वडा २ का इकाइ सभापति अरुण कायस्थले जानकारी दिए ।
त्यहाँका वडावासीले शान्तिसुरक्षा प्रत्याभूतिका लागि टोलटोलमा सिसी क्यामेरा राख्नुपर्ने माग राखेका छन् ।
पोखरा ३ मा पहिलो चरणमा घरदैलो, मतदाता शिक्षा, टोलटोलमा बैठक लगायत कार्यक्रम सकेर फेरि मतदाता भेटघाट गरिरहेको इकाइ सभापति नारायणमान उदासले जानकारी दिए । वडाभित्र पर्ने नीलगिरी गुठीबारी टोल नदीपुर, कन्यामार्ग, भित्रीमार्ग, नारायणस्थान टोल, धर्मशिला बुद्धबिहार मार्ग, कोपिलढुंगा, तेर्सापट्टिटोल, ज्ञानमार्ग लगायतका क्षेत्रमा घरदैलो भएको हो ।
पोखरा ६ मा शुक्रबार स्ट्रिट नम्बर ५ देखि १४ सम्म घरदैलो भएको इकाइ सभापति सन्तोष पौडेलले जानकारी दिए । पर्यटकीय क्षेत्र भएकाले वडामा पर्यटन व्यवसायीका लागि व्यवसायिक सुरक्षा, छिमेकी वडा, ७, १७ र १८ सँग समन्वय गरी हाइकिङ रुट निर्माण, पर्यटन विकासका लागि तालबाराही स्कुललाई नमुना स्कूलको रुपमा विकास गर्ने, फेवातालको संरक्षण लगायतका एजेण्डरु लिएर मतादाता समक्ष पुगेको पौडेलको भनाइ छ । वडा ६ मा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार जगतबहादुर पाहारीको नेतृत्वमा पवित्रा थापा, शोभा जलारी, मावोवादी केन्द्रबाट कृष्णप्रसाद आचार्य र नेकपा एसबाट विकास पहारी उम्मेवार छन् ।
पोखरा ११ मा पनि काँहुडाडा र रानीपौवासम्मको क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । भानुमार्गको आसपासमा शुक्रबार घरदैलो गरिएको कांग्रेस वडा इकाइ समिति सभापति हरिप्रसाद बास्तोलाले जानकारी दिए । बास्तोलाका अनुसार कांग्रेसका प्रेमप्रसाद कर्माचार्य वडाध्यक्ष पदको उम्मेदवार र सदस्य पदका उम्मेदवार वडाको विकास, शिक्षा र स्वास्थ्य जस्ता एजेण्डा बोकेर मतदाताको घरदैलो गरिरहेका छन् ।
पोखरा १६ मा शुक्रबार पोखरा महानगरका मेयर पदका उम्मेदवार धनराज आचार्य र उपमेयरका उम्मेदवार कोपिला रानाभाटको उपस्थितीमा चुनावी सभा भयो ।
पूर्व कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता यज्ञबहादुर, मेयर, उपमेयर उम्मेदवारसँगै वडाध्यक्ष पदका उम्मेदवार अमृत शर्मा तिमिल्सिनाले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
मंसिर २३, २०८१प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मंसिर २३, २०८१अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१