पोखरा । कास्कीको रुपा गाउँपालिकामा नेकपा (एमाले) तर्फबाट अध्यक्षका उम्मेदवार नवराज ओझाले आसन्न स्थानीय तहको निर्वाचनमा आफू निर्वाचित भए बुढाबुढीका लागि घरघरमा निशुल्क डाक्टर पठाउने घोषणा गरेका छन् ।
रुपाको चिसापानीमा एमाले वडा कमिटीद्वारा शुक्रबार आयोजित कोणसभामा बोल्दै नेता ओझाले ६० वर्षमाथिका बुढाबुढी बिरामी भए उनीहरुको उपचारका लागि घरमा नै डाक्टर पठाउने प्रतिबद्धता जनाए । गाउँमा डाक्टरबाट उपचार सम्भव नभए गाउँपालिकाको एम्बुलेन्सले बजारका ठूला अस्पतालमा बिरामीलाई निशुल्क पुर्याउने आश्वासन पनि उनले दिए । चिसापानीमा ६० शैयाको अस्पताल बनाउने र आउँदो वर्ष २५ शैया बनाउन काम थाल्ने दाबी उनको थियो ।
उनले गाउँमा आफूहरुले केही न केही विकास गरेर फरक अवस्था सिर्जना गरेको बताए । चिसापानी र भिरचोक लगायत सिंगो रुपा गाउँपालिका पर्यटकीय क्षेत्र भएको भन्दै उनले सूर्यमा भोट हालेर यो क्षेत्रलाई थप विकास गर्ने वातावरण सिर्जना गर्न मतदातासँग आग्रह गरे । जात, थर र नातागोता हेरेर भन्दा पनि आफ्नो र उक्त ठाउँको भविश्य हेरेर भोट दिन आग्रह उनले गरे ।
रुपा गाउँपालिकामा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका एमाले जिल्ला कमिटी उपसचिव ओझाले आफ्नो कार्यकालमा बाटो पिच भएको, खानेपानी ल्याइएको, भिरचोक माथिको थाप्लेडाँडाको विकास गरिएको, गुम्बा निर्माण गरिएको र होमस्टेको विकास गरिएको लगायत विकास निर्माणका काम स्मरण गराए । पालिकाका अन्य ठाउँमा भएका विकासका कामको किताव नै तयार गरिएको पनि उनले सुनाए ।
चिसापानीमा ६० शैयाको अस्पताल बनाउने र आउँदो वर्ष २५ शैया बनाउन काम थाल्ने उनको दाबी छ
आफूले यतिधेरै विकास गरेको भन्दै यहाँ आएर गाली गर्नेलाई भोट दिने कि काम गर्नेलाई भनी प्रतिप्रश्न गरे । उनले गाउँपालिकाको भवन चिसापानीमा बनाउने, कोल्डस्टोर निर्माण गर्ने र चिसापानीलाई पर्यटनको हव बनाउने घोषणा पनि गरे । चिसापानी क्षेत्र तत्कालीन बेलायती युवराज चाल्र्सले भ्रमण गरेपछि रोयल ट्रेकको नामले परिचित क्षेत्रको एक भाग पनि हो ।
नेता ओझाले आफूहरुले अरु कुनै दललाई गाली नगर्ने बताउँदै झण्डा कांग्रेस वा माओवादी जसको टाँगे पनि भोट भने सूर्यमा हाल्न आव्हान गरे । घरघरमा रोजगारी सिर्जना गरेर पैसा फलाउने वातावरण सिर्जना गर्ने भन्दै उनले युवालाई उद्यम सिकाउने, आवश्यक तालिम प्रदान गरिने र ऋण दिने बताए ।
गाउँपालिकाका २५ वटा डाँडा जोडेर पर्यटकीय मार्ग सिर्जना गर्न ३ अर्ब रुपैयाँको योजना अघि सारिएको बताउँदै उनले त्यसका लागि पहिलो डाँडा चिसापानी हुने उनले उद्घोष गरे । लिफ्ट गरेर गाउँमा ल्याइएको पानीको बिल र बिजुलीको न्युनतम शुल्क समेत निशुल्क गरिने र त्यो पैसा गाउँपालिकाले तिरिदिने आश्वासन पनि उनले दिए ।
चिसापानीबाट मोहोरियासम्म मोटरबाटो बनाएर पहिलो वर्ष ग्राभेल गर्ने, खानेपानी थाप्लेडाँडासम्म पुर्याउने, चिसापानीमा दुईतले समाज घर बनाउन सघाउने र गाउँमा विकास गरेर चिसापानीको जनता हुँ भनी गर्भले छाती फुलाएर हिंड्न सक्ने आफूले बनाउने सपना पनि उनले बाँडे ।
सो अवसरमा प्रदेश कमिटी सदस्य सवाबक्स मियाँ, जिल्ला सचिवालय सदस्य एवं गाउँपालिकामा एमालेबाट उपाध्यक्ष पदकी उम्मेदवार लालसुबा गुरुङले पनि भनाइ राखेका थिए । वडा कमिटीका अध्यक्ष ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्थानीय केशवहादुर गुरुङले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१