काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौँ महानगरलाई महानगर जस्तै बनाएर देश र विदेशमा सकारात्मक सन्देश दिन आग्रह गर्नुभएको छ ।
पाँच दलीय गठबन्धनका तर्फबाट यहाँ आयोजित संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उहाँले जनमतलाई अपमान गर्ने दल र प्रवृत्तिलाई परास्त गर्न महानगरमा गठबन्धन विजयी हुनुपर्ने बताउनुभयो ।
वामपन्थी र प्रजातान्त्रिक शक्ति एकमत हुँदा विगतमा सबै आन्दोलन सफल भएको स्मरण गर्दै अध्यक्ष केसीले प्रतिगमनलाई परास्त गर्ने, गणतन्त्र जोगाउने पक्षमा गठबन्धन एकमत रहेको स्पष्ट गर्नुभयो । व्यवस्था जोगाउने शर्तमा पाँच दलकाबीचमा गठबन्धन भएको उल्लेख गर्दै उहाँले गलत प्रचार गर्ने प्रवृत्तिका विरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले इमान्दार भएर एक अर्कालाई सहयोग गरौँ । राष्ट्रिय जनमोर्चाले देशभर नै सहयोग गर्छ । गठबन्धनभन्दा प्रतिगमन बलियो छ । त्यसकारण संयुक्त प्रतिवाद गरौँ ।”
उहाँले राजनीति व्यवसाय नभएकाले इमान्दार भएर जनताको सेवा गर्नुपर्ने र जनतामा पैदा भएको वितृष्णालाई तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष केसीले बुद्धिमत्तापूर्ण तरिकाले जनपक्षीय उम्मेदवारलाई विजयी गराउन र प्रतिगमनलाई परास्त गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।
जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले काठमाडौँ उपत्यकालाई व्यवस्थित बनाउन मेट्रो रेल चलाउनुपर्ने, करको भार कम गर्नुपर्ने र फोहोरमैलाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गणतन्त्रको संस्थागत गर्दै सङ्घीय प्रणालीको प्रवद्र्धन गर्न, सबै तहमा सुशासन कायम गर्दै पारदर्शीरुपमा सेवाग्राहीलाई सुविधा दिने ध्येयका साथ काम गर्ने प्रतिबद्धताका साथ आफू निर्वाचनमा होमिएको बताउनुभयो ।
सुशासन कायम गरेको खण्डमा देश समृद्ध हुने भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहनुभएका नेता श्रेष्ठले जनताको भावना विपरित जानेहरु पराजित हुने विश्वास व्यक्त गर्नुभयो । रासस
–––
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
मंसिर २३, २०८१प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मंसिर २३, २०८१अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१