पोखरा । स्थानीय तहको मतदान मिति नजिकिंदै जाँदा उम्मेदवार आ–आफ्नो क्षेत्रको घरदैलो कार्यक्रममा व्यस्त छन् । पोखरा वडा १ मा नेपाली कांग्रेसका उम्मेदवारले भने घरदैलो सकेर मतदाता शिक्षामा केन्द्रित हुन थालेका छन् । उनीहरुले बिहीबार पोखरा १, ट्याक्सीचोकबाट मतदाता शिक्षा थालेका हुन् ।
गत वैशाख १४ देखि सुरु घरदैलो कार्यक्रम सकिएपछि मतदाता शिक्षामा केन्द्रित हुन लागेको वडाध्यक्ष पदका उम्मेदवार सीता गुरुङले बताइन् ।
उनी भन्छिन्, अब हाम्रो उद्देश्य भनेको मतदाताले हालेको मत सतप्रतिशत सदुपयोग होस् र खेर नजाओस भन्ने हो । जसका लागि मत राख्ने तरिकासँगै मतदाता शिक्षा कार्यक्रम लिएर मतदाताकामाझ जान्छौं । योसँगै पार्टीका उम्मेदवारका पक्षमा माहोल बनाउन कोणसभा र प्रशिक्षण कार्यक्रम समेत सुरु गर्छौ ।’
उम्मेदवारले घरदैलोमा ‘सास्ती हैन सुविधाका लागि, स्वार्थी हैन इमानदारिताका लागि’ भन्दै आफ्नो वडाका टोलटोलमा प्रत्येक मतदाताको घरदैलोमा पुगि सुझाव संकलन गरेका थिए । चुनावमा वडाध्यक्षमा सीता गुरुङसहित सदस्यमा सुनिता कुँवर नेपाली, पार्वती खनाल पोख्रेल, मेघबहादुर गुरुङ र रामजीप्रसाद पौडेल लडेका छन् ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१