पोखरा । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालीलाई सुखी राख्ने पार्टी एमालेमात्र हो भनेका छन् ।
एमाले पोखरा वडा कमिटी ८ ले बिहीबार आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले परमादेशबाट स्थापित कांग्रेस सरकार ढाल्न र अपवित्र गठबन्धन तहसनहस पार्न एमालेको जीत आवश्यक भएको दाबी गरे ।
‘देश समृद्ध बनाउने एमाले हो । नेपालीलाई सुखी राख्ने एमाले हो । देश बचाउने एमाले हो । त्यसैले एमालेलाई हरेक तहको निर्वाचनमा भोट हाल्नुपर्छ,’ पार्टीका प्रचार विभाग प्रमुख गुरुङले भने, ‘गाउँ समृद्ध बने मात्रै देश समृद्ध बन्ने भएकाले गाउँगाउँको सरकार पनि एमालेकै हुनुपर्छ ।’
पाँचदलीय गठबन्धन एकातिर र सिंगो एमाले एकातिर रहे पनि जनताले राष्ट्रघातविरुद्ध राष्ट्रवाद, असत्य विरुद्ध सत्य, अन्याय विरुद्ध न्यायको तराजुमा जोखेर जनताले एमालेलाई नै भारी मतले जिताउने बताए । ‘यसपटक ६७ प्रतिशत मत एमालेको पक्षमा खस्छ । कम्तीमा ५० प्रतिशत ठाउँ त एमाले एक्लैले जित्छ–जित्छ,’ गुरुङको ठोकुवा छ, ‘यत्ति हो एमालेभित्र एकता हुनुपर्छ । हामीमै एकता हुन जरुरी छ । कांग्रेस छिन्नभिन्न छ । प्रचण्ड र माधव नेपालहरु त मोहनविक्रम सिंह जस्ता हुनेछन् ।’
उनले माधव नेपाल वंशनास गर्ने कसं रहेको आरोपसमेत लगाए भने प्रचण्डको पार्टी विसर्जनतर्फ गइसकेको ठोकुवा गरे ।
उनले भूगोलमा देशकै ठूलो र जनसंख्यामा दोस्रो ठूलो पोखरा महानगरमा अब मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले जितेपछि विकासको लहर चल्ने बताए । पोखराका ३३ वटै वडा र चारै गाउँपालिकासहित त्यहाँका सबै वडामा एमालेले विजयको झण्डा फहराउने उनको भनाइ थियो ।
एमालेका केन्द्रीय सदस्य एवं कास्की जिल्ला इञ्चार्ज भीम कार्कीले जनताले देशभर एमालेलाई पुनः पहिलो पार्टी बताउने दाबी गरे ।
पोखरामा मेयरका उम्मेदवार कृष्ण थापाले महानगरको घोषणापत्र र वडाहरुको घोषणापत्रमा उल्लेखित योजना अक्षरशः पालना गर्ने बताए । उनले आफू पहिल्यै मेयर भइसकेको र उपमेयरले ५ वर्षदेखि निरन्तर काम गरिरहेकाले पनि आफूहरु जित्नासाथ पोखराको विकासको काम सुरु हुने बताए ।
उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले पोखरा महानगरमा ५ वर्ष भए गरेका कामको फेहरिस्त प्रस्तुत गरिन् । पोखरा ८ मा यसअघि वडाध्यक्ष जितेका रुद्रनाथ बराल पुनः चुनाव लडेका छन् ।
सदस्यमा पवित्रा केसी, लक्ष्मी बिक, गोविन्द बराल र हिराकाजी श्रेष्ठ उम्मेदवार छन् ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१