गठबन्धनको चुनावी एजेण्डा पानी

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७९
congress~dhanraj

पोखरा । पोखरा महानगरमा सत्ता गठबन्धनबाट मेयर–उपमेयर उम्मेदवारले पानीलाई चुनावी एजेण्डा बनाएका छन् । पोखराका केही वडामा पानी अभाव रहेको भन्दै उनीहरुले आपूmहरुको जीतपछि घरघरमा पानी दिने दाबी गरेका छन् ।

उम्मेदवारले बिहीबार पोखरा २८, ३१ र ११ का नागरिकबाट खानेपानीसँगै सडक, स्वास्थ्य, सेवासम्बन्धी समस्या सुने । मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले महानगरमा खानेपानीको समस्या रहेको उल्लेख गर्दै आफूहरुले जितेमा यही कार्यकालभित्रै समस्या समाधान गर्ने योजना सुनाए । उनले भने, ‘भइरहेका योजना सुधार, नयाँ योजना सञ्चालन, लिफ्टिङ, बोरिङ जस्ता उपाय अपनाएर भए पनि नागरिकलाई खानेपानी दिनैपर्छ । खानेपानी, बाटो, सडक, स्वास्थ्य, शिक्षाको प्रबन्धै नभएको कसरी महानगर हुन्छ ?’ उनले एउटा परिवारलाई हरेक महिना ५ हजार लिटर पानी सित्तैमा उपलब्ध गराउने प्रतिबद्धतासमेत गरे । उनले भने, ‘हामी घोषणापत्रको अक्षरशः पालना गर्नेछौं । यसअघि घोषणापत्र पालना नगरेकै कारण आज यो अवस्था आएको हो ।’

गठबन्धनबार उपमेयर उम्मेदवार कोपिला रानाभाटले महानगरमा पछि थपिएका वडामा खानेपानी र सडककै मुख्य समस्या रहेको उल्लेख गर्दै आफूहरुले योजनावद्ध रुपमा ती समस्या समाधान गर्ने सुनाइन् । पोखरालाई युग सुहाउँदो आधुनिक सहर र त्यस अनुरुपमा पूर्वाधार र विकास, निर्माण नै आफूहरुको अर्जुनदृष्टि भएको उनको भनाइ छ ।

रानाभाटले गठबन्धनको नेतृत्वमा नै पोखरा महानगरले मुहार फेर्ने बताइन् । लामो समयदेखि कालिका, माझठाना पूर्वाधार विकासको दृष्टिकोणबाट पछाडि परेको उल्लेख गर्दै उनले पाखा, पखेरा र टोल टोलको विकास गठबन्धनले नै गर्ने प्रतिबद्धता गरिन् ।

कांग्रेस कास्की सभापति किशोरदत्त बरालले विकासका लागि राजनीतिक नाराको पछि लागेर नहुने बताए । उनले ५ वर्षमा राजनीति नाराको पछि लाग्दा स्थानीयले पाउनुपर्ने विकास नपाएको तर्क गरे । देशको लोकतन्त्र खतरामा पर्दा ५ दल मिलेर रक्षा गरेकाले गठबन्धनलाई जिताउन उनले आग्रह गरे ।

मेयर तथा उपमेयर उम्मेदवारले चुनावी प्रचारमा खानेपानीसँगै सडक, स्वास्थ्य, सेवासम्बन्धी समस्या सुने

नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले संविधान जोगाउन र प्रतिगमन अन्त्य गर्न गठबन्धन गरेको सुनाए । कांग्रेस महासमिति सदस्य सरस्वती गुरुङले मेयर मानबहादुर जिसीले आफ्नै वडाको विकास नगरेका कारण पनि यसपटक गठबन्धनले नेतृत्व लिनैपर्ने बताइन् ।

गठबन्धनको चुनावी एजेण्डा पानी

पोखरा महानगरमा सत्ता गठबन्धनबाट मेयर–उपमेयर उम्मेदवारले पानीलाई चुनावी एजेण्डा बनाएका छन् । पोखराका केही वडामा पानी अभाव रहेको भन्दै उनीहरुले आफूहरुको जीतपछि घरघरमा पानी दिने दाबी गरेका छन् ।

उम्मेदवारले बिहीबार पोखरा २८, ३१ र ११ का नागरिकबाट खानेपानीसँगै सडक, स्वास्थ्य, सेवासम्बन्धी समस्या सुने । मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले महानगरमा खानेपानीको समस्या रहेको उल्लेख गर्दै आफूहरुले जितेमा यही कार्यकालभित्रै समस्या समाधान गर्ने योजना सुनाए । उनले भने, ‘भइरहेका योजना सुधार, नयाँ योजना सञ्चालन, लिफ्टिङ, बोरिङ जस्ता उपाय अपनाएर भए पनि नागरिकलाई खानेपानी दिनैपर्छ । खानेपानी, बाटो, सडक, स्वास्थ्य, शिक्षाको प्रबन्धै नभएको कसरी महानगर हुन्छ ?’ उनले एउटा परिवारलाई हरेक महिना ५ हजार लिटर पानी सित्तैमा उपलब्ध गराउने प्रतिबद्धतासमेत गरे ।

आफूहरुले जितेमा एकै कोठाबाट नागरिकलाई सबै सेवा दिने उनको प्रतिबद्धता थियो । उनी भन्छन्, ‘नागरिकलाई महानगरको आभाष दिलाउन पनि यो जरुरी छ । हामी गफ गर्दैनौं, ३ महिनाभित्रै यस्तो सेवा सुरु गर्छाैं ।’ उनले आफूहरुले पद बहाली गरेकै दिनदेखि अत्यावश्यक सिफारिस निशुल्क गरिने प्रतिज्ञा गरेका छन् ।

महानगरको नेतृत्व असक्षम र जनताप्रति इमानदार नभए महानगर लथालिंग हुने उनको भनाइ त । उनले भने, ‘हामी घोषणापत्रको अक्षरशः पालना गर्नेछौं । यसअघि घोषणापत्र पालना नगरेकै कारण आज यो अवस्था आएको हो ।’ पोखरा ३१ मा अवस्थित बेगनासतालको विकास योजनावद्ध रुपमा गरिने उनको भनाइ छ । ‘पोखरा फेवातालको सहरमात्र नभई बेगनास र रुपातालको सहर पनि हो’, उनले भने, ‘हिजोको सरकारले पोखरा ३१ लाई उपेक्षा गर्‍यो, हामी गर्ने छैनौं ।’
गठबन्धनबार उपमेयर उम्मेदवार कोपिला रानाभाटले महानगरमा पछि थपिएका वडामा खानेपानी र सडककै मुख्य समस्या रहेको उल्लेख गर्दै आफूहरुले योजनावद्ध रुपमा ती समस्या समाधान गर्ने सुनाइन् । पोखरालाई युग सुहाउँदो आधुनिक सहर र त्यस अनुरुपमा पूर्वाधार र विकास, निर्माण नै आफूहरुको अर्जुनदृष्टि भएको उनको भनाइ छ ।

रानाभाटले गठबन्धनको नेतृत्वमा नै पोखरा महानगरले मुहार फेर्ने बताइन् । लामो समयदेखि कालिका, माझठाना पूर्वाधार विकासको दृष्टिकोणबाट पछाडि परेको उल्लेख गर्दै उनले पाखा, पखेरा र टोल टोलको विकास गठबन्धनले नै गर्ने प्रतिबद्धता गरिन् ।

कांग्रेस कास्की सभापति किशोरदत्त बरालले विकासका लागि राजनीतिक नाराको पछि लागेर नहुने बताए । उनले ५ वर्षमा राजनीति नाराको पछि लाग्दा स्थानीयले पाउनुपर्ने विकास नपाएको तर्क गरे । देशको लोकतन्त्र खतरामा पर्दा ५ दल मिलेर रक्षा गरेकाले गठबन्धनलाई जिताउन उनले आग्रह गरे ।

नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले संविधान जोगाउन र प्रतिगमन अन्त्य गर्न गठबन्धन गरेको सुनाए । ‘विगतमा हामीले दुइतिहाई मत पायौं तर घोषणापत्रअनुसार काम हुन सकेन’, उनले भने, ‘हामीले किन विद्रोह गर्‍यौं ? पार्टीमा हामीले समस्याका कुरा उठायौंं तर राम्रो कुरा नसुन्ने । सही कुरा गर्दा बेवास्ता गरियो त्यसैले गठबन्धन गर्‍यौं ।’

कांग्रेस महासमिति सदस्य सरस्वती गुरुङले मेयर मानबहादुर जिसीले आफ्नै वडाको विकास नगरेका कारण पनि यसपटक गठबन्धनले नेतृत्व लिनैपर्ने बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width