उपचार नपाएर मर्नुपर्ने अवस्था अन्त्य गर्छु: प्रधान

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७९
cpn uml pkr 1~president sahara pradhan

पोखरा, २२ वैशाख । एमाले पोखरा १ मा साहरा प्रधानसहितको टोली घरदैलो अभियानमा व्यस्त छ ।

बिहीबार शान्तिटोलमा भएको घरदैलोमा अध्यक्षका उम्मेदवार साहरा प्रधानले गरिबीको रेखामुनि रहेका निम्नआय भएका परिवारले उपचार नपाएर मर्नुपर्ने अवस्था अन्त्यका लागि योजना बनाएर काम गर्ने आश्वासन दिए । उनले आफूले विपन्नमा सहजीकरणका लागि वडा कार्यलयले जिम्मा लिएर निशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने बताए ।

प्रधानले अव्यवस्थित सुकुम्वासी बस्ती व्यवस्थित बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
वडा १ मा एमालेबाट अध्यक्षका प्रत्यासी प्रधानसहित सदस्यमा जुमकाजी गुरुङ, शोभा गुरुङ, जुकमाया दमाई, ठाकुरप्रसाद बगाले छन्।

Related News

सम्बन्धित समाचार

hero news full width