पोखरा, २२ वैशाख । पोखरा १४ मा गठबन्धनका उम्मेदवारले बिहीबार चुनावी सभा तथा घरदैलो कार्यक्रम जारी राखेका छन्।
कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बोधराज कार्कीसहित गठबन्धन दलका वडा सदस्यका उम्मेदवारको पक्षमा मत माग्न गठबन्धनमा रहेका दलले संयुक्तरुपमा चुनावी सभा गरेको थियो ।
सभामा बोल्दै वडाध्यक्षका उम्मेदवार कार्कीले वडाको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका साथै हरेक टोलको समस्या समाधानमा सधै साथ रहने प्रतिबद्धता जनाए । उनले मतदाता तथा कार्यकर्तासँग अमूल्य मतका लागि अनुरोध समेत गरे ।
सभामा माओवादी केन्द्रबाट वडा सदस्यका उम्मेदवार शिव कँडेल, कांग्रेसका महासमिति सदस्य माया बराल, वडा इकाइ सभापति दिवस कुँवर, सैनटार टोलका लिलबहादुर पौडेल, कार्यक्रम संयोजक दलमान पुन, खड्क विक, मिलिजुली आमा समूहका मीना सुवेदी लगायतले टोलवासीको हित र विकासका लागि बोधराज कार्की नेतृत्वको प्यानललाई जिताउन आग्रह गरे ।
सो वडामा तनुजा थापा, दिलमाया गुरुङ, शिव कँडेल र कृष्णहरि काफ्ले उम्मेदवार छन् । उनीहरुले बिहीबार गैरीस्वार, सैनटार र नयाँबस्ती क्षेत्रमा घरदैलो गरे ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१