पोखरा, २२ वैशाख । पोखरा वडा ११ मा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चुनावी भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रम भएको छ । पोखरा महानगरमा एमालेका उम्मेदवार कृष्ण थापा तथा उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङसहित रानीपौवामा चुनावी भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रम आयोजना गरिएको हो ।
सभामा मेयर उम्मेदवार थापाले देशमा विकास गर्न सक्ने पार्टी एमाले मात्र भएको बताएका छन् । उनले वडालाई समृद्ध बनाउन एकजुट भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘वडा ११ लाई समृद्ध बनाउन विकास निर्माणका बाँकी कामलाई निरन्तरता दिइने छ ।’ पोखराको वडा ११ र १३ जोड्ने कृषि मार्ग निर्माण गर्ने घोषणा समेत गरेका छन् । ‘११ र १३ जोड्ने कृषि मार्ग निर्माण गर्ने, कृषि मार्ग बाझखोलाबाट पाडेचोक हुँदै मचारी, बुडुवा हुँदै रानीबगरसम्मको कृषि मार्ग बनाउने छु,’ उनले भने।
उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले ११ वडामा न्यायिक समिति समेत नभएको बताउँदै अब आउने दिनमा न्यायिक समिति गठन गर्ने बताएकी छिन् । गुरुङले वडामा युवाको समस्या समाधान गर्न युवा परिषद् गठन गर्ने घोषणा गरेकी छिन् ।
एमालेबाट वडाध्यक्षका उम्मेदवार मीन गुरुङले वडाका हरेक समस्या समाधान गर्ने आफ्नो लक्ष्य रहेको बताए । वडाको स्तरोन्नतिमा आफू कुनै हालत पछाडि नहट्ने समेत उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा पोखरा ११ का एमाले सचिव मदनकुमार सुनारले विकासको खाका तथा योजना एमालेसंग भएको बताए ।
गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मीना गुरुङले वडामा एमालेको तर्फबाट उम्मेदवार रहेकाको विषयमा जानकारी गराएकी थिइन् । उनले कार्यक्रममा एमालेका उमेद्वारलाई नै भोट किन दिने भन्ने विषयमा समेत आममतदातालाई जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
पुतलीबजारमा जनप्रतिनिधिकाे पद वहाली, सुशासनयुक्त पुतलीबजार बनाउने प्रतिबद्धता
पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
गाउँपालिका अध्यक्षको सपथ
मेयरमा अन्तर ३ हजार पार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९घर फर्किए म्यादी प्रहरी
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९