पोखरा, २२ वैशाख । स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट पोखरा ९ मा वडाध्यक्ष उम्मेदवार दीपेन्द्र मर्सानीको यतिखेर प्रशंसा छ ।
मतदाता कमला केसीले मर्सानीको हरेक कार्यक्रममा साथ दिंदै आएकी छन् । उनले घरदैलो अभियानदेखि चुनावी सभा र र्यालीमा मर्सानीको साथ दिदै आएकी हुन् । ‘वडा नम्बर ९ कांग्रेसको किल्ला हो, यो पटकको निर्वाचनमा पनि कांग्रेसकै जीत हुनु पर्छ भनेर हामी चुनावी अभियानको कसरतमा छौं’ कमलाले भनिन् ।
‘राजनीतिक व्यक्तित्व मात्र नभई टोलवासीको हरेक समस्यामा साथ दिने सामाजिक व्यक्तित्व पनि भएकाले उहाँको जीत निश्चित छ’ वडा ९ नयाँबजार क्षेत्रमा घरदैलौ कार्यक्रममा रहेकी मतदाता विना श्रेष्ठले मर्सानीको प्रशंसा गरिन् ।
विना र कमला त प्रतिनिधि पात्रमात्र हुन् । कांग्रेसको इतिहासमा सदैव प्रभाव क्षेत्र मानिने र सबैजसो निर्वाचनमा कांग्रेसले नै विजय प्राप्त गर्दै आएको पोखरा ९ मा यस पटक पनि विरासत कायम हुनु पर्ने सबैजसो वडावासीको धारणा छ ।
प्रजातन्त्रका सेनानी तथा २००७ सालका योद्दा सुन्दरप्रसाद मर्सानीका नातिमात्रै दीपेन्द्र विभिन्न सामाजिक, शैक्षिक संघसंस्थामा क्रियाशील व्यक्तित्व हुन् ।
‘वडाबासीको आशालाई जीतमा परिणत गर्नु छ । ९ नम्बर वडालाई नमुना वडा बनाउनु छ’ अध्यक्षका उम्मेदवार मर्सानीले भन्छन् । सदस्यमा भावना श्रेष्ठ, गीता चर्मकार, लक्ष्मी पहारी र नन्दराम गिरी पनि मर्सानीझै यतिखेर भोट माग्न व्यस्त छन् । उनीहरुले बिहीबार नयाँबजार प्रदर्शनी केन्द्र आसपासमा घरदैलो एवम् मतदाता भेटघाट कार्यक्रम गरे ।
Related News
सम्बन्धित समाचार
पुतलीबजारमा जनप्रतिनिधिकाे पद वहाली, सुशासनयुक्त पुतलीबजार बनाउने प्रतिबद्धता
पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
गाउँपालिका अध्यक्षको सपथ
मेयरमा अन्तर ३ हजार पार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९घर फर्किए म्यादी प्रहरी
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९