पोखरा । आफ्नो लाज छोप्नलाई चिल्लो एकातिरको चिल्लो बाटो देखाएर अर्कोतिर आँखा छोप्ने परिपाटीले महानगरको विकास हुन नसक्ने नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएकी कोपिला रानाभाटले बताएकी छन् ।
आफू नजिकैको वडावासी भएकाले पोखरा २८ को विकासको साक्षी भएको बताइन् । पोखरा २८ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो समयदेखि कालिका माझठाना पूर्वाधारमा पछि परेको टिप्पणी गरिन् । ‘कालिकाको एउटा मात्र चिल्ला बाटो हेरेर होईन पाखा, पखेरा र टोल टोलको विकासको जिम्मा लिने गठबन्धनको नेतृत्वलाई भोट हाल्नुहोला ।’ रानाभाटले भनिन् ।
त्यस्तै मेयरपदका उम्मेदवार धनराज आचार्यले घोषणा पत्रका हरेक शब्द ईमान्दार तरिकाले पालना गर्दै प्रत्येक वडामा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । वडा २८ को ओख्ले, आरुपाटा, डाँडा गाउँ, देउमाडी, माझठाना लाम्चे, सौर्य लगायतका अधिकांश भेगमा पानीको हाहाकार भएको बताउँदै उनले आफ्नो आगामी कार्यकालमा सो क्षेत्रको समस्या समाधानका लागि काम गर्ने बताए ।
गठबन्धनवाट पोखरा २८ मा वडाअध्यक्ष श्रीकृष्ण लामिछाने र वडासदस्यहरु इन्द्रकला विक, कमला थापा, डाल्डादेवि भुजेल र नारायण बजगाई उम्मेदवार छन् ।
त्यस्तै उता वडा नम्बर १४ मा अध्यक्षका उम्मेदवार बोधबहादुर कार्कीले आफूले जनताको समस्याहरु सुनिरहेको र निर्वाचित भएसँगै समाधानका लागि काममा लाग्ने बताएका छन् । पोखराको मूख्य बजार मानिने वडा नम्बर ९ का अध्यक्ष उम्मेदवार दिपेन्द्र मर्सानीले भने
यस पटक पनि विरासत जोगाउन मात्र नभई नयाँ सोँच र जोशका साथ चुनावी मैदानमा होमिएको बताउँछन् ।
त्यसैगरि पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष उम्मेदवार राजेश गुरुङ काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेको कामबाट वडाबासी सन्तुष्ट भएको बताउँछन् । यो पटक पनि काँग्रेसकै नेतृत्व दोहोरिनेमा कुनै शंका नभएको उनले बताए ।
बुधबार पोखरा महानगरपालिका वडा नं १ का गठबन्धनका उम्मेदवारहरु तान्चोक नौजे पैंगी लामा परिवार, सिमपानी तमु समाज, बगर तमु समाज, सुखवती गुम्बा, भीमकाली तमु समाज, मिरुवा तमु समाज, तामाङ घेदुङ समाजमा पुगेर आफ्नो पक्षमा मत मागेका छन् ।
पोखरा महानगरपालिका वडा नं ४ मा आज काँग्रेसका उम्मेदवारहरुले गणेशटोल, वाग्लुङ, बसपार्क, नालामुख, भैरवटोलमा घरदैलो सम्पन्न गरेको छ । वडामा रहेका सुकुुम्वासी समस्या, खानेपानी, बाटोघाटोको विकासलाई आफ्नो प्राथमिकतामा राखेको उम्म्ेदवारहरुले भेटघाटका क्रममा जनाएको सदस्य पदका उम्मेदवार प्रकाश कोइरालाले जानकारी दिए ।
स्थानीय तह निर्वाचनका लागि यही वैशाख १८ गतेदेखि सुरु भएको वडा ८ को चुनावी घरदैलो अभियानमा उम्मेदवारहरु सकृय बनेका छन् ।
उम्मेदवारहरुले यसपटक गठबन्धनसहितका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गर्दै आफुहरुले जितेमा आर्थिक, सामाजिक, शिक्षा, स्वस्थ्य, पुर्वाधार विकासलगायत क्षेत्रमा उत्कृष्ट काम गर्दै वडालाई नमुना वडा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गठबन्धन सहित चुनावी अभियानमा जुटेको पोखरा महानगरपालिका वडा नं २६ को टोलीले आज उक्त वडाका पुरानो गाउँ, चँदरा गाउँ, ढुङ्गाना थर, खेता घर, जैसी थर, बरालडाँडा लगायतका स्थानमा घरदैलो गरेको छ । घरदैलोका क्रममा स्थानीयले बाटोघाटो तथा खानेपानीका समस्या लगायतका विषयमा उम्मेदवारको ध्यानाकर्षण गराएको वडा सदस्य पदका उम्मेदवार सुदिप ढुङ्गानाले जानकारी दिए ।
चुनाव प्रचारप्रसारकै क्रममा पोखरा महानगरपालिका वडा नं ३२ मा नेपाली काँग्रेसका उम्मेदवारहले आज खुदी खोला नयाँ वस्तीमा घरदैलो गरेका छन् । घरदैलोका क्रममा उक्त क्षेत्रमा सुकुम्वासी समस्यालाई स्थानीयले प्राथमिकताका साथ उठाएको काँग्रेस नेता एवम् प्रदेश महाधिवेशन प्रतिनिधि किसान परियारले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नं ३३ मा गठबन्धनका उम्मेदवारले आज सो वडाका सिंगारेवास, गैरागाउँ, जिव्रे ढुङ्गा लगायतका स्थानमा घरदैलो गरेका छन् । घरदैलोका क्रममा सुकुम्वासी समस्या, खानेपानीको समस्या, बाटोघाटोको समस्या लगायतका विषयमा स्थानीयले कुरा उठाएका थिए । स्थानीयबाट उठेका विषयलाई आँफूहरुका तर्फबाट सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेको वडा अध्यक्ष पदका उम्मेदवार रामचन्द्र अधिकारीले जानकारी दिए । घरदैलोका क्रममा मतदातामा देखिएको उत्साहले आँफूहरु चुनाव जित्ने कुरामा ढुक्क भएको उनको तर्क छ ।
त्यस्तै पोखरा १७ मा पनि गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका देवराज आचार्यसहितको टोलीले मूख्य बजार क्षेत्रमा पुगेर आफ्नो पक्षमा मत मागेको छ ।
महागरका सम्पूर्ण वडाहरुमा यतिबेला चुनावी सरगर्मी बढेको छ । वडामा नेपाली काँग्रेस र गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले आफ्नो र गठबन्धनको पक्षमा मत माग्दै मतदाताहरुको गुनासो र सुझाव लिईरहेका छन् ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१