पोखरा, २२ वैशाख । नेकपा एमाले पोखरा १७ ले उम्मेदवारसहितको घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । हालसम्म वडाको प्रगतिटोल, लामातरा, महतगौडा, रातोपैह्रा, घारीपाटन, आँखा अस्पतालचोक, ड्यामसाइड, बिरौटा, राममन्दिर, पावरहाउस क्षेत्रमा घरदैलो भएको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।
घरदैलोमा एमाले कार्यकर्ता तथा स्थानीय वासिन्दाको सहभागिताले थप उत्साहित बनाएको एमाले वडा अध्यक्ष ऋषव तिमिलाले बताए ।
घरदैलोमा मत माग्न पुगेका उम्मेदवारलाई मतदाताले विजय भएपछि नभुल्न र समानुपातिक विकास निर्माणसंगै दुखसुखमा साथ दिन अनुरोध गरेका थिए ।
स्थानीय तह निर्वाचनमा नेकपा एमालेले पोखरा १७ मा वडा अध्यक्ष राधिका शाही योगीसहित महिला सदस्यमा विष्णु थापा भुजेल, दलित महिला सदस्यमा तारा सेवा तथा सदस्यमा शिवराम भण्डारी र विक्रम गुरुङलाई उम्मेवार बनाएको छ ।
पोखरा १७ मतदाता हिसाबले महानगरका ३३ वटा वडामध्ये दोस्रो ठूलो हो ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१