लमजुङ । लमजुङमा नमूना मतदानको अभ्यास गरिएको छ । जिल्ला सदरमुकाम बेंसीसहरमा जिल्ला निर्वाचन कार्यालयको संयोजनमा बदर मत घटाउने तथा मतदाता शिक्षाको व्यावहारिक प्रयोग गर्ने उद्देश्यले नमूना मतदान अभ्यास गराइएको हो । कुल ३० मत खसेकोमध्ये ७ मत बदर भएको थियो ।
उक्त अवसरमा मतदान केन्द्रको समेत नमूना बनाएर मतदातालाई अनुशासित भई लाइनमा बस्न लगाउनेदेखि मतपेटिकामा के कसरी मत खसाल्ने भन्नेसम्मका अभ्यास गराइएको जिल्ला निर्वाचन अधिकृत सिर्जना मिश्रले बताइन् ।
उनकाअनुसार मतगणनासमेत गरिएको थियो । मतदान अधिकृतको दस्तखत छुटेको मतपत्र पाएका मतदाताले व्यक्त गर्न सक्ने असन्तुष्टिको समेत अभ्यास गराइएको थियो ।
कार्यक्रम शुभारम्भको अनुमति दिँदै मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले सर्वसाधारणलाई मतदानप्रति सचेत गराउने, मतदाता शिक्षा बढाउने उद्देश्यले नमूना अभ्यास कार्यक्रम गरिएको बताए ।
नमूना मतदानमा अपांगता भएका व्यक्तिहरूसमेतले भाग लिएको जिल्ला निर्वाचन अधिकृत सिर्जना मिश्रले जानकारी दिइन् । मतदान भएका मतमध्ये अधिकृतको हस्ताक्षर नभएका कारण ७ बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी जीवाखर शर्माले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यसहितका कार्यालय प्रमुखहरूको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१