पोखरा २० मा एमालेको घरदैलो

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७९
cpn uml pkr 20

पोखरा । नेकपा एमाले पोखरा २० का उम्मेदवारले साविकको भलाम गाविसका क्षेत्रमा घरदैलो गरेका छन् ।

वैशाख ३० को निर्वाचन मिति नजिकिंदै जाँदा घरदैलो तीव्र पारिएको पोखरा २० का इन्चार्ज सीम गुरुङले बताए । उनले साविकको गाविसलाई महानगरभित्र समेटेर ५ वर्षभित्रमा विकासको लहर सुरु भएको र अबको निर्वाचनमा फेरि एमालेका उम्मेदवारलाई नै जिताउने मतदाताले प्रतिवद्धता जनाएको बताए ।

वडाभित्र सडक, कृषि, बिजुली, नाला जस्ता विकासे योजना सुरु भएको र अब पनि एमालेका उम्मेदवार जिताए विभिन्न योजना सम्पन्न हुनेमा मतदाता आशावादी छन् ।

पोखरा २० मा एमालेको तर्फबाट अध्यक्षमा गंगाबहादुर केसी, सदस्यमा गञ्जमान गुरुङ, उत्तम गुरुङ, महिला सदस्यमा मीना पौडेल र दलित महिला सदस्यमा रुपा नेपाली प्रतिस्पर्धामा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width