सहकारीले खोल्यो स्टेसनरी

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७९
book

पोखरा । पोखराको जिरो किमीमा आविष्कार पुस्तक पसल तथा स्टेशनरी संचालन गरिएको छ ।

शिक्षकहित बचत तथा ऋण सहकारी संस्था कास्कीद्वारा प्रवद्धित स्टेशनरीमा स्कुल तथा क्याम्पसका पुस्तक, स्टेशनरी, साहित्यिक पुस्तक, खेलकुदका सामान, गिफ्ट आइटम, टाइपिङ, प्रिन्टिङ, फोटोकपी, लगायत सुविधा रहेको सहकारीका अध्यक्ष उमानाथ गौतमले बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सचिव तथा नेराशिसं गण्डकी प्रदेशका अध्यक्ष रामप्रसाद पोखरेलले संगठनमा आबद्ध शिक्षकको सहकार्यमा निर्मित सहकारीद्वारा सञ्चालित पुस्तक पसलको सफलताको कामना गर्दै यस्तो पसल अन्य जिल्लामा पनि खोलिनुपर्ने बताए ।

कार्यक्रममा स्वागत नेराशिसं कास्कीका अध्यक्ष रोमहर्षण पौडेल, पेसागत महासंघ नेपालका स्थायी कमिटी सदस्य रामप्रसाद खनाल, नेराशिसं राष्ट्रिय समितिका सदस्य लोचना अधिकारीलगायतले बोलेका थिए ।

सहकारीका अध्यक्ष उमानाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेराशिसं कास्कीका सचिव तीर्थराज ढकालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width