पोखरा, २१ वैशाख । नेकपा एमालेबाट मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र) ले निर्वाचित भए गाउँपालिकालाई टुरिजम हब बनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
बुधबार मादी ५ ठूलास्वाँरामा आयोजित चुनावी सभामा बोल्दै उनले मादीमा पर्यटनको अहिलेभन्दा पनि राम्रो सम्भावना भएको बताए । मादी–५ बयरघारीमा कृत्रिम ताल बनाउनेसहित मादीका गाउँमा पिकनिक स्पोर्ट, बिबिक्यु स्पोट, वाटर–स्पोर्ट, डेजर्ट बाइकजस्ता एडभेन्चर योजना आफूसँग रहेको महेन्द्रले सुनाए । यी गतिविधिले होटल–रेष्टुरेन्ट चलेपछि गाउँमै रोजगारी सिर्जना हुने भएकाले विदेशीने बाध्यता नहुने उनले बताए ।
चुनाव जितेमा मादी नदीमा र्याफ्टिङ सञ्चालन गरेर पर्यटकलाई आकर्षित बनाउने उनको प्रतिबद्धता छ । ‘ठूलास्वाँराजस्ता भर्खर होमस्टे सञ्चालन गर्दै गरेको ठाउँ थुप्रै छन् । होमस्टे राम्रो बनाउन तालिम पनि आवश्यक छ । त्यसको लागि तालिम सञ्चालन गर्ने छु,’ उनले भने, ‘मादीका सुन्दर गाउँहरुलाई होमस्टेको रुपमा विकास गर्नेछु ।’
उपाध्यक्ष उम्मेदवार कल्पना गुरुङले एक कार्यकाल गाउँ कार्यपालिका सदस्य हुँदा उत्पीडित समुदायको समस्या देखेको र चुना जितेमा त्यसलाई समाधान गर्न आफू लाग्ने बताइन् ।
मादीमा एमालेबाट प्रमुखमा शिवबहादुर गुरुङ (महेन्द्र) संगै उपप्रमुखमा कल्पना गुरुङ, मादी १ मा उमरबहादुर गुरुङ, २ मा एकजंग गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा शिवप्रसाद सापकोटा, ५ मा सुब्बा गुरुङ, ६ मा डिलबहादुर क्षेत्री, ७ मा रामप्रसाद गुरुङ, ८ मा प्रेमबहादुर गुरुङ, ९ मा मनोजकुमार गुरुङ, १० मा रामराज सुवेदी, ११ मा सिंहमान तामाङ र १२ मा प्रकाश बराल एमालेबाट वडाध्यक्षका उम्मेद्वार छन् ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१