पोखरा, २१ बैशाख । सत्तारुढ पाँचदलीय गठबन्धनले पोखरा ६ मा चुनावी प्रचार अभियान तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ ।वडाध्यक्षका उम्मेदवार जगतबहादुर पहारीले चुनावी अभियानमा देखिएको उत्साह र सहभागिताले जीत नजिक पुगेको अनुभुति भएको बताए।
पहारीले पर्यटकीय क्षेत्र बैदामको थप विकासका लागि महानगरको प्रमुख, उपप्रमुख र वडामा सबै टिम विजयी हुनुपर्ने आवश्यकता औँल्याए । उनले वडामा बाँकी रहेका अधुरा योजना पूर्णता र बैदामलाई देशकै पर्यटनको केन्द्र बनाउने अभियानमा साथ दिन वडावासीसमक्ष आग्रह गरे।
उम्मेदवारहरु विभिन्न सांस्कृतिक कार्यक्रमसहित घरदैलोमा सहभागी हुँदा स्थानीयवासीले फूलमाला र टीका लगाएर भव्य स्वागत गरेका छन् । डिहीकोपाटन, नहरमार्ग, खहरे, बंगलादीका टोल र भित्री सडकहरुमा समेत बुधबार उम्मेदवारले बिहानदेखि घरदैलो गरेका छन् । गठबन्धनबाट सदस्यमा कृष्णप्रसाद आचार्य, विकास पहारी, पवित्रा थापा र शोभा जलारी चुनावी मैदानमा छन्।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१