भ्रष्टाचारलाई जोत्न हलोमा मतदान: मेयर उम्मेदवार खराल

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७९
rpp sankar kharal

पोखरा, २१ बैशाख । राप्रपाबाट पोखरा महानगरको मेयर र उपमेयरका उम्मेदवार चुनाव प्रचार अभियानलाई तिव्रता दिएका छन् । उम्मेदवारले भ्रष्टचारमुक्त महानगरको नारालाई जोड दिएका छन् ।
मेयरका उम्मेदवार शंकर खराल र उपमेयर रञ्जना सेन पौडेल (रन्जु) ले नगरवासीको भावना बुझने राप्रपाका उम्मेदवारलाई महानगरको नेतृत्व चयन गर्न आग्रह गरे ।
बुधबार उम्मेदवार सहित राप्रपाले घरदैलामा मतदाताले परिवर्तनको पक्षमा रहेको बताएका थिए । वडा ४, ५, ७, ८, ९, १७ र २२ मा घरदैलो गरेका उम्मेदवारले भ्रष्टचार जोत्न हलोमा मतदान गर्नुपर्ने बताएका छन् ।

खरालले यसपटक राप्रपालाई मतदात गरेर समृद्ध पोखरा बनाउने अभियानमा सहयोग गर्न आग्रह गरेका थिए । उपमेयर उम्मेदवार सेनले सीप विकासलाई प्राथमिकता दिई रोजगारी सुनिश्चित गर्ने प्रतिवद्धता गरिन् । कर वृद्धि गर्दा जनता मारमा परेको भन्दै राप्रपा उम्मेदवारले चुनाव जिते ५० प्रतिशतसम्म कर कटौती गर्ने बताए ।

शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकलाई प्रोत्साहन गर्न तलबवृद्धि र प्राविधिक शिक्षामा जोड दिने राप्रपाको प्रतिबद्धता छ ।

Related News

सम्बन्धित समाचार

hero news full width