कास्कीकाे नाउडाँडामा २ जनाकाे ज्यान जानेगरी दुर्घटना गराएर भागेका मल्ल काठमाडौंबाट पक्राउ

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७९
Accident Pakrau Photo

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकललाई ठक्कर दिई फरार रहेका चालकलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौंबाट पक्राउ परेका एन्जेल बम मल्ललाई प्रहरीले पोखरामा बुधबार सार्वजनिक गरेको हो । मल्लले मादक पदार्थ सेवन गरि चरम लापरवाहीसहित सवारी चलाएको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले बताए।

कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार मल्लले चलाएको कार र मोटर साईकल ठोकिएको थियो । पोखराबाट पर्वत छुटेको ग ३ च ३५२५ नम्बरको कारले ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा पर्वतका १८ वर्षिया सुजिना पुनको घटनास्थलमै मृत्यू भएको थियो । मृतक पुनका बुवा ४५ वर्षिय जितबहादुर पुनको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको थियो । घटनापछि कार चालक मल्ल फरार थिए ।

दुर्घटना भएपश्चात मल्लले मोटरसाईकल लिफ्ट मागी पर्वतको कार्कीनेटा (आफ्नो घर) पुगेका थिए । त्यसपछि उनले घरकै मोटरसाइकल लिगेर स्याङ्जा हुदै पाल्पा पुगे । त्यो रात पाल्पामै बिताएको डिएसपी तिवारीले बताए । तिवारीका अुनसार अर्काे दिन बुटवल चितवन हुदै काठमाडौं पुगेका थिए ।

कास्की जिल्ला अदालतको अनुमतिमा पक्राउ परेका कार चालक मल्ललाई पहिलो पटक ७ दिन म्याद थप गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width