बदर मत घटाउन नमुना मतदान

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७९
news namuna matadans

लमजुङ । लमजुङमा नमुना मतदानको अभ्यास गरिएको छ । जिल्ला सदरमुकाम बेंसीसहरमा जिल्ला निर्वाचन कार्यालयको संयोजनमा बदर मत घटाउने तथा मतदाता शिक्षाको व्यावहारिक प्रयोग गर्ने उद्देश्यले नमुना मतदान अभ्यास गराइएको हो । कुल ३० मत खसेकोमध्ये ७ मत बदर भएको थियो ।

उक्त अवसरमा मतदान केन्द्रको समेत नमूना बनाएर मतदातालाई अनुशासित भई लाइनमा बस्न लगाउनेदेखि मतपेटिकामा के कसरी मत खसाल्ने भन्नेसम्मका अभ्यास गराइएको जिल्ला निर्वाचन अधिकृत सिर्जना मिश्रले बताइन् ।

उनकाअनुसार मतगणनासमेत गरिएको थियो । मतदान अधिकृतको दस्तखत छुटेको मतपत्र पाएका मतदाताले व्यक्त गर्न सक्ने असन्तुष्टिको समेत अभ्यास गराइएको थियो ।

कार्यक्रम शुभारम्भको अनुमति दिँदै मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले सर्वसाधारणलाई मतदानप्रति सचेत गराउने, मतदाता शिक्षा बढाउने उद्देश्यले नमूना अभ्यास कार्यक्रम गरिएको बताए ।

नमना मतदानमा अपांगता भएका व्यक्तिहरूसमेतले भाग लिएको जिल्ला निर्वाचन अधिकृत सिर्जना मिश्रले जानकारी दिइन् । मतदान भएका मतमध्ये अधिकृतको हस्ताक्षर नभएका कारण ७ बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी जीवाखर शर्माले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यसहितका कार्यालय प्रमुखहरूको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…

hero news full width