पोखरा । कास्कीका चार वटै गाउँपालिकामा नेपाली काँग्रेस र गठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलो अभियानलाई तिव्र पारेका छन् । कास्कीको माछापुच्छ्रे रुपा, अन्नपूर्ण र मादी गाउँपालिकाका मतदाताहरुलाई आफ्नो पक्षमा मत हाल्न आह्वान गर्दै आफ्ना पाँचवर्षे योजनाहरु उनीहरुले सुनाउँँदै हिँडेका छन् ।
कास्की माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका मीनबहादुर गुरुङ र उपाध्यक्षमा उम्मदेवारी दिएका सिता अधिकारीसहित पालिकाका ९ वटै वडामा गठबन्धन र नेपाली काँगे्रस निकट उम्मेदवारहरुले जनताको घरदैलोमा पुगेर उनीहरुको गुनासोहरु सुनेका छन् । अधिकांश मतदाताहरुले अघिल्लो निर्वाचित जनप्रतिनीधिहरुले राम्रो काम नगरेको र काम गर्नसक्ने नयाँ जोशसहितका जनप्रतिनीधिहरुको खाँचो रहेको बताईरहेका छन् ।
त्यस्तै उता अन्नपूर्ण गाउँपालिकामा पनि अध्यक्षमा उम्मेदवारी दिएका युवराज कुँवर, उपाध्यक्षमा उम्मेदवारी दिएकी खेमकुमारी गुरुङ लगाएतको टोली घरदैलोमा व्यस्त छ । यद्यपि यो गाउँपालिकामा भने चुनावी घरदैलोको क्रममा यसअगाडि पाँच वर्षे कार्यकाल अध्यक्ष भएर काम गरिसकेका कुँवरलाई मतदाताहरुले प्रशंसा गरेका छन् । कुँवरको नेतृत्वमा गाउँपालिकाले साँच्चै फरकपना अनुभूती गरेको त्यहाँका मतदाताहरुले बताएका छन् ।
त्यस्तै मादी गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मदेवारी दिएका सम्पूर्ण उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर मत माग्दै आगामी कार्यकालका लागि आवश्यक सुझाव पनि संकलन गरिरहेका छन् । मादीमा गठबन्धनको तर्फबाट अध्यक्षमा देवीजंग गुरुङ र उपाध्यक्षमा लालबहादुर गुरुङ प्रत्यासी छन् । ‘मादीमा यो पटक गठबन्धनले चुनाव जित्ने पक्का छ । हामीप्रति जनता बढि आशाबादी पनि देखिएका छन् । त्यसैले जनमतअनुसार काम गर्ने सवालमा हामी तत्पर छौँ ।’ अध्यक्षका उम्मेदवार देवीजंग गुरुङले भने ।
रुपा गाउँपालिकामा यो पटक गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मदेवारी दिएकी गीमाया गुरुङको निकै चर्चा चुलिएको छ । गीमाया पनि आफ्नो उम्मेदवारीले मात्रै पनि गाउँपालिका मात्र नभएर जिल्लाव्यापी तरंग ल्याएको बताउँछिन् । ‘महिलाले पनि गाउँपालिका हाँक्न सक्छ । र, त्यो पनि व्यवस्थित तरिकाले भन्ने म देखाउँछु ।’ गीमाया भन्छिन्–‘काँग्रेस पार्टीले मलाई पत्यायो । अब मतदाताले पनि मलाई पत्याउनेछन् । र, मैले गरेर देखाउने पनि छु ।’
Related News
सम्बन्धित समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१