‘यसपटक अन्नपूर्ण एमालेले बाजी मार्छ’

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७९
annapurna bishnu~

हेमजा । आगामी स्थानीय तह निर्वाचनमा अन्नपूर्ण गाउँपालिकामा एमालेबाट अध्यक्षका उमेदवार विष्णु केसीले यसपटक गाउँपालिकाको नेतृत्व एमालेको पोल्टामा पुग्ने दाबी गरेका छन् ।

घरदैलोका क्रममा मंगलबार दाङसिङको आङवाङमा भएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार केसीले विगत ५ वर्षमा अन्नपूर्णमा कांग्रेसले धेरै जालसाँझी गरेको भन्दै यसपटक कांग्रेसको भुलभुलैयाँमा नपर्न पनि आग्रह गरे ।

उनले नेकपा एमाले जनताको प्यारो पार्टी भएको औंल्याउँदै जनताको जनजीविकासँग एमालेको भावना जोडिएको पनि उल्लेख गरे । एमालेसँग अन्नपूर्ण समृद्धिका योजना रहेको सुनाउँदै उम्मेदवार केसीले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषिमा थुर्पै काम गर्न बाँकी रहेको धारणा राखे । केसीले यसपटक जनताले सूर्य चिन्हमा अत्यधिक मत दिने विश्वाससमेत व्यक्त गरे ।

उपाध्यक्षकी उमेदवार चन्द्रा अधिकारीले आफूहरु विकासमा मुद्दा लिएर चुनावमा होमिएको भनाइ राखिन् । गर्ने पार्टी भनेको एमाले नै हो, अन्य पार्टीले झुटा आश्वासन बाँड्न आवश्यक छैन, विगत ५ वर्षमा जनताले कांग्रेसलाई हेरिसकेको पनि उनले बताइन् ।

उक्त अवसरमा पार्टीका गण्डकी प्रदेश सचिवालय सदस्य पुण्यप्रसाद पौडेल, नेता गणेशमान गुरुङ, दामोदर वैरागी, जिल्ला सचिवालय सदस्य सुरेन्द्र गुरुङ, प्रदेश कमिटी सदस्य गौरी सुवेदी, पालिका अध्यक्ष विवेक देवकोटा, पार्टीबाट ८ नं. वडाध्यक्षका प्रत्यासी मीनाकुमारी गुरुङलगायतले पनि बोलेका थिए ।

उनीहरुले अन्नपूर्ण समृद्धिको योजना एमालेसँग मात्रै भएको उल्लेख गर्दै उक्त योजना पूरा गर्न सूर्यमा अत्यधिक मत दिन पनि आग्रह गरे ।

गाउँपालिकालाई अब आर्थिक, सामाजिक, सांस्कृतिक र मानवीय विकासमा अगाडि बढाउने बाचा गर्दै उम्मेदवारले त्यहाँ घरदैलो गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width