पोखरा । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको आयोजना एवं क्याम्पसमा अध्ययनरत होटेल व्यवस्थापन चौथो सेमेस्टरका विद्यार्थीको व्यवस्थापनमा बृहत् फुड फेस्टिभल भएको छ ।
पोखरा–१७ स्थित क्याम्पस परिसरमा वैशाख १६ र १७ सम्म भएको कार्यक्रममा क्याम्पसस्तरीय खुला नृत्य कार्यक्रम तथा विद्यार्थीका विविध प्रस्तुति राखिएको थियो ।
विद्यार्थीको कला संघीय सांसद विद्या भट्टराई र गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले अवलोकन गरेका थिए ।
अवलोकनमा सांसद भट्टराईले सामुदायिकस्तरबाट सञ्चालित, विश्वविद्यालय अनुदान आयोगबाट प्रत्यायनकृत (क्युएए प्रमाणित) सो क्याम्पसले होटल व्यवस्थापन र सूचना व्यवस्थापन विषयमा गण्डकी प्रदेशमै नमुना क्याम्पसको रुपमा सञ्चालन गरेको र यस क्याम्पसको स्तरोन्नतिमा संंघीय सरकारबाट आवश्यक पहल गर्ने बताइन् ।
गण्डकी प्रदेशका अर्थमन्त्री बरालले क्याम्पसलाई प्रदेशकै उत्कृष्ट क्याम्पस बनाउन प्रदेश सरकारले पहल गर्ने आवश्यक दिए ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष प्राडा टंकराज अधिकारी र क्याम्पसको प्रमुख दातृृ संस्था तथा सो कार्यक्रमको मुख्य प्रायोजक गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षता भएको कार्यक्रममा क्याम्पस प्रमुख धर्मराज बरालले स्वागत मन्तव्य राखेका थिए । बिएड र बिबिएस प्रथम वर्षका छात्राले स्वागत गान प्रस्तुत गरेका थिए ।
सो अवसरमा बिएचएम तथा बिआइएमका विभिन्न सेमेस्टरका विद्यार्थीले तयार पारेको भोजनका ५वटा स्टल प्रदर्शन गरिएका थिए ।
कार्यक्रम संचालन क्याम्पसका अध्यापकद्वय लालमणि पोख्रेल र मोहन भण्डारीले गरेका थिए ।
क्याम्पसका सहायक क्याम्पस प्रमुख मोहन भण्डारीको संयोजकत्वमा होटल व्यवस्थापनका सहजकर्ता जितेन्द्र थापा र होटल व्यवस्थापन इन्चार्ज आशीष पौडेल सदस्य रहने कार्यक्रम भएको हो ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१