पोखरा । पोखरा महानगरमा पाँचदलीय गठबन्धनका मेयरका साझा उम्मेदवार धनराज आचार्यले महानगरको विकासका लागि स्रोत र साधनको अभाव नहुने बताएका छन् । पाँचदलीय गठबन्धन निर्वाचन परिचालन समितिले पोखरा १७ मा आयोजना गरेको घरदैलोसहितको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले फेवाताल, पाताले छाँगो, गुप्तेश्वर गुफा, सेती नदी लगायत यहाँका सम्पदाको पारदर्शी ढंगले उपयोग गर्ने बताए । सबै सरोकारवालासँग बसेर उनीहरुको भावनालाई सम्बोधन गरेमा बिना विवाद काम गर्न सकिने उनको तर्क थियो । ‘पोखरामा रहेका सम्पदाको उचित संरक्षण र यसको पारदर्शी उपयोगबाट नै धेरै काम गर्न सक्छौं । यहाँ पारदर्शिताको आवश्यकता छ । कयौं काम अँध्यारो कोठामा बसेर गरिँदा समस्या आएका छन् । हामी त्यसो हुन दिँदैनौं । पारदर्शी ढंगले सबैको अपनत्व हुने गरी काम गछौं’, उनले भने ।
मेयर उम्मेदवार आचार्यले अँध्यारो कोठामा बसेर अपारदर्शी ढंगले कुनै निर्णय भएको भए त्यसको समेत छानबिन गरिने बताए । आफूहरु महानगरमा केही गर्न र महानगरलाई महानगरको रुपमा विकास गर्न जाने भन्दै उनले महानगर स्तरका सम्पूर्ण सुविधायुक्त संरचना निर्माण गरिने उनले दृढता प्रकट गरे । ‘हामी महानगरलाई महानगरको रुपमा विकास गर्न चाहन्छौं’, उनले भने, ‘त्यसका लागि हाम्रा योजना घोषणापत्रमार्फत सार्वजनिक गरेका छौं । जे गर्छौं भनेका छौं, त्यो गर्ने छौं र एउटा सभ्य महानगर जो सबै हिसाबले महानगर भन्न लायक हुनेछ । यहाँका नगरबासीले त्यसको अनुभव गर्ने र भोग्ने हुन्छ नै बाहिरका मानिसले समेत यहाँ फर्केर आइरहने बनाउँछौं,’ उनले भने ।
महानगरका सहरी क्षेत्रको फोहोरसहितको ढल बगेर बिरौटा र छोरेपाटनलाई कुरुप बनाउने गरेको भन्दै यसको उचित व्यवस्थापन गरिने उनले बताए । अझै पनि ४५ प्रतिशत बिरुवा फाँट बचेको भन्दै त्यसलाई बचाएर व्यवस्थापन गर्नेतर्फ आफूहरुले ध्यान दिने प्रतिबद्धता उनको थियो ।
कार्यक्रममा उपमेयर पदका उम्मेदवार कोपिला रानाभाटले आफूहरु जनताको सेवामा केन्द्रित हुने बताइन् । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य श्रीनाथ बरालले गठबन्धनका उम्मेदवारलाई नगरवासीले मत दिए सुन्दर र समृद्ध पोखरा आफूहरुले दिने धारणा राखे ।
कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष उम्मेदवार देवराज आचार्य, एकीकृत समाजवादीका कास्की उपाध्यक्ष झपिन्द्रराज रेग्मी, कास्की कांग्रेसका पूर्व जिल्ला सदस्य पुण्डरीप्रसाद बराल र एकीकृत समाजवादी पोखरा १७ का अध्यक्ष शिवराज आचार्य लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
मंसिर २३, २०८१प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मंसिर २३, २०८१अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१