मनै नमिलेको गठबन्धनः टाउको एउटै, वडामा प्रतिस्पर्धा

प्रकाश ढकाल
वैशाख २१, २०७९
Info

पोखरा । पोखरा महानगरको मेयर र उपमेयरमा सत्ता गठबन्धन दलबीच समझदारी छ । मेयरमा एकीकृत समाजवादीका नेता धनराज आचार्य उम्मेदवार हुँदा उपमेयरमा कांग्रेसनेतृ कोपिला रानाभाटले मात्रै उम्मेदवारी दिएकी छिन् । तर वडामा भने सोचेजति गठबन्धन हुन सकेको छैन ।

पोखराका ११ वटा वडामा पूर्ण गठबन्धन छ भने बाँकीमा कुनै न कुनै दलले उम्मेदवार उठाएका छन् । महानगरका अधिकांश वडामा गठबन्धन दलहरुले आ–आफ्नै उम्मेदवार उठाएका छन् । गठबन्धन एक ठाउँमा भएर अरुसँग प्रतिस्पर्धा गर्ने केही वडाबाहेक सबैमा छुट्टाछुट्टै उम्मेदवार उठेका हुन् ।

पोखरा वडा १ मा गठबन्धनका अरु पार्टीले उम्मेदवारी दिएका छैनन् । कांग्रेस र माओवादीको छुट्टाछुट्टै उम्मेदवार छन् । २ नम्बरमा कांग्रेस र माओवादीसहित जनता समाजवादीको पनि वडाध्यक्षमा दाबी छ । वडा ३ अध्यक्षमा गठबन्धनबाट कांग्रेसको मात्रै उम्मेदवारी छ । सदस्यहरुमा आफ्नै प्रतिस्पर्धा छ ।

वडा ४ मा कांग्रेस र माओवादीले उठाएका छन् । वडा ५ मा गठबन्धनबाट कांग्रेस, माओवादी र एकीकृत समाजवादीले समेत उम्मेदवार उठाएका छन् । वडा ६ कांग्रेस नेतृत्वमा गठबन्धन भएको छ । माओवादी र एकीकृत समाजवादीलाई सदस्यमा मिलाइएको छ ।

वडाको उम्मेदवारीमा गठबन्धन नभएका कारण नतिजा फरक आउन सक्ने सम्भावना छ भने मेयर र उपमेयरको मतमा समेत असर पर्न सक्छ

७ नम्बर वडामा गठबन्धनका कांग्रेस–माओवादी नै प्रतिस्पर्धी छन् । वडा ८ मा माओवादीलाई एउटा सदस्य दिएर अरु कांग्रेसले लिएको छ । वडा ९ मा प्रमुख ३ पार्टीका उम्मेदवार छन् । एमाले, कांग्रेस र माओवादीको प्रतिस्पर्धा यहाँ रोचक हुनेछ । वडा १० मा कांग्रेस र माओवादीका उम्मेदवार नै फरक छन् ।

वडा ११ र १२ मा पनि कांग्रेस र माओवादीका उम्मेदवार कायम छन् । १३ मा कांग्रेस र माओवादी छुट्टै भिडेका छन् । वडा १४ मा कांग्रेसको नेतृत्वमा गठबन्धन भएको छ । वडा १५ मा जनमोर्चाले उम्मेदवार उठाए पनि गठबन्धनका अरु पार्टी एकठाउँमा छन् । वडा १६ मा गठबन्धन गरेरै सहमतिमा उम्मेदवारी दिइएको छ ।

वडा १७ मा एकीकृत समाजवादीबाहेक सबै दलको उम्मेदवारी छन् । १८ मा कांग्रेस र माओवादी प्रतिस्पर्धामै उत्रिएका छन् । १९ मा कांग्रेस नेतृत्वमा गठबन्धन भएको छ भने वडा २० मा कांग्रेस र एकीकृत समाजवादीले उम्मेदवार उठाएका छन् । माओवादी र जसपाले कसलाई सहयोग गर्छ भन्ने खुलेको छैन । वडा २१ मा एकीकृत समाजवादीको नेतृत्वमा गठबन्धन एक ठाउँमा छन् । कांग्रेस र माओवादीले सदस्य उठाएका छन् ।

२२ नम्बरमा कांग्रेस र माओवादीको आधिकारिक उम्मेदवार छैनन् । उनीहरुले स्वतन्त्ररुपमा उम्मेदवारी दिएकालाई सघाउने निर्णय गरेका छन् भने जनता समाजवादीले छुट्टै उम्मेदवार उठाएको छ । २३ नम्बर वडामा कांग्रेस नेतृत्वमा सबै पार्टीबीच गठबन्धन छ । २४ मा कांग्रेस र माओवादीका छुट्टाछुट्टै उम्मेदवार छन् । २५ नम्बरमा जनमोर्चाले उम्मेदवार उठाएको छ । यहाँ कांग्रेसको पनि उम्मेदवार छन् । जनमोर्चा बाहेक अरुबीच गठबन्धन भएको बुझिएको छ ।

२६ नम्बरमा पनि गठबन्धन छैन । कांग्रेस र माओवादीका फरक उम्मेदवार छन् । २७ मा कांग्रेसलाई अरु पार्टीले सघाए पनि जसपाको आफ्नै उम्मेदवार छन् । २८ मा कांग्रेस र माओवादी पनि प्रतिस्पर्धी छन् । २९ मा गठबन्धन कायम छ । ३० र ३१ मा पनि गठबन्धन छ । ३२ मा माओवादी र कांग्रेसका उम्मेदवार छुट्टै छन् भने ३३ मा कांग्रेस, माओवादी र जसपाका उम्मेदवार फरक छन् ।

वडाको उम्मेदवारीमा गठबन्धन नभएका कारण नतिजा फरक आउन सक्ने सम्भावना छ । यसले मेयर र उपमेयरको मतमा समेत असर पर्न सक्छ । अन्तिमसम्म टिकट बाँडफाँट मिलाउने भनिए पनि कांग्रेस कार्यकर्ताहरुले नाराबाजी र पार्टी कार्यालय नै तोडफोड गरेपछि अन्तिम समयमा गठबन्धन टुट्यो । यद्यपि केही वडाहरुमा कायम छ । आंशिक गठबन्धनबाट हुने नतिजा आकलन गर्न सक्ने अवस्था छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width