पोखरा १२ मा कांग्रेसको घरदैलो अन्तिम चरणमा

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७९
congress pkr 12 santosh bastola

पोखरा, २० वैशाख । नेपाली कांग्रेस पोखरा १२ का उम्मेदवारले घरदैलो अभियानलाई अन्तिम चरण दिएका छन् । घरदैलो अभियान अन्तरगत हालसम्म ९० प्रतिशत मतदाताको घरमा पुगेको निर्वाचन प्रचारप्रसार समिति संयोजक कृष्ण कोइरालाले जानकारी दिए ।

घरदैलोमा मतदातालाई वडा अध्यक्षका उम्मेदवार सन्तोष बास्तोलाले आफू निर्वाचित भए वडाका अधुरा काम पूरा गर्ने र उत्कृष्ट वडाकोरुपमा विकास गर्ने बताए।

पोखरा १२ को पुरानो धारादेखि शीतलदेवी, माटेपानी हुँदै गुम्बाफेदी लगायतमा भएको घरदैलोमा कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी, महाधिवेशन प्रतिनिधि बिमल बसेल, डम्मरजंग गुरूङ कांग्रेस क्षेत्र १ (ख) सभापति कृष्ण कोइराला लगायतले बोलेका थिए ।

वडा सदस्यका उम्मेदवार शान्ताबहादुर थापा, गोविन्दप्रसाद सिग्देल, शान्ति कोइराला र गोमादेवी परियारले लोकतन्त्र रक्षाको विजयी बनाउन आग्रह गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width