उम्मेदवारलाई भोट माग्दै दीपक पौडेल

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७९
cpn uml pkr 19

पोखरा, २० वैशाख । एमाले पोखरा १९ मा चुनावी प्रचार तीव्र छ । अन्तिम समयमा मेयरको टिकट खोसिएर असन्तुष्ट बनेका प्रदेश कमिटीका सचिवालय सदस्य दीपक पौडेलसहितका नेताले मंगलबार चितेपानी, काउरे, मणि लगायतका क्षेत्रमा पुगेर पार्टीको पक्षमा मत मागेका छन् ।

नेता पौडेल, शोभामोहन पौडेल, माधव बास्तोला, वडा इन्चार्ज सुरेन्द्रमानसिह भण्डारी, नेता बलराम भण्डारी, उमनाथ आचार्य, काठमाडौं पोखरा सम्पर्क मञ्चका सचिव महेन्द्र अधिकारी लगायतले जनसरोकारका विषयमा पार्टी प्रतिवद्ध रहेको बताउँदै, विकास र समृद्धिको योजना एमालेसग रहेको दाबी गरे ।

घरदैलोका क्रममा स्थानीय मतदाता तथा कार्यकर्ताले स्वागत गर्दै जनताका पक्षमा गरेका वाचा नभुल्न खबरदारी गरेका थिए । असन्तुष्ट भनिएका नेता पौडेल चुनावी प्रचारमा सक्रिय भएपछि त्यस क्षेत्रका नेता कार्यकर्ता उत्साहित बनेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width