पोखरा, २० वैशाख । पोखरा वडा ६ मा नेकपा एमालेले मंगलबार वडामा बृहत् युवा भेला गरेको छ । अबको नेतृत्व युवाको हातमा भन्दै पार्टीले युवा भेला आयोजना गरेको हो।
भेलामा प्रदेश सांसद राजीव पहारीले युवाले राणा शासनको अन्त्य गरेको कुरा स्मरण गर्दै अबको नेतृत्व युवाको हातमा भएको बताए । उनले देश परिवर्तनमा युवाले अबको समयमा भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा एमालेतर्फबाट पोखरा ६ मा वडाध्यक्षका उम्मेदवार विष्णुबहादुर भट्टराईले आफूहरुको जीत निश्चित भए पनि नियम र कानुनले वैशाख ३० कुर्नुपर्ने बताए । उनले महानगरबाट छुट्टाएको १५ प्रतिशत बजेट युवाकै हातबाट वडा निर्माणसँगै वडाको विकासमा खर्चिने उल्लेख गर्दै सक्षम टिमलाई भारी मतले विजयी गराउन आग्रह गरे । उनले कैयौं सहिद देशभक्त युवा एमालेमा रहेको दाबीसमेत गरेका छन् ।
एमाले वडा ६ कमिटी अध्यक्ष बलराम पहारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उमा भण्डारीले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
शिक्षामन्त्री कोटिहोममा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१