पोखरा, २० वैशाख । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की इञ्चार्ज राजकाजी गुरुङ (करण) ले जनताको अवस्था बदल्न माओवादीको विकल्प नभएको दाबी गरेका छन्।
नेकपा माओवादी केन्द्रको पोखरा १ मा मंगलबार आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले भने, ‘व्यवस्था पनि माओवादीका कारण बदल्यौं, अब जनताको अवस्था बदल्न पनि माओवादीलाई नै भोट दिऔं ।’ माओवादीको जनयुद्धका कारण ब्यवस्था बदलिएको र अब अवस्था बदल्नपनि माओवादीलाई नै भोट दिनुपर्ने उनको भनाइ थियो।
माओवादीबाट पोखरा १ मा वडाध्यक्षका उम्मेदवार भानुभक्त अधिकारीले वडावासीलाई स्थानीय सरकारले अनुभूति गराउने बताए । चुनावी घरदैलोका क्रममा उनले विजयी भएपछि वडाको सेवालाई जनमैत्री बनाइने प्रतिवद्धता जनाउँदै मत मागे।
वडालाई स्मार्ट वाडको रुपमा विकास गर्न र समृद्ध वडा बनाउने अभियानमा माओवादी (केन्द्र)को विकल्प नरहेकामा जोड दिए ।
माओवादी केन्द्रले सो वडामा अध्यक्षमा अधिकारीसहित महिला सदस्यमा मीना कोइराला, दलित महिला सदस्य कल्पना दमाईं, खुला सदस्य रुद्रप्रसाद लुइटेल र धनबहादुर तामाङलाई उम्मेदवार बनाएको छ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१