पोखरा १० का एमाले उम्मेदवारको चुनावी एजेण्डा

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७९
cpn uml pkr 10

पोखरा, २० वैशाख । पोखरा १० का एमालेका उम्मेदवारले यसअघि कांग्रेसले वडामा विकास नगरेकोले यसपटक जिताएर पठाउन मतदातासँग आग्रह गरेका छन् ।
वडाभित्रका टोलमा रहेको नाला व्यवस्थित बनाउनतर्फ अघिल्लो पटक कांग्रेसबाट जितेर गएका जनप्रतिनिधिहरुले नजर लगाउन नसकेको उनीहरुको आरोप छ । वडाभित्र नालामाथि स्ल्याब नहुँदा वर्षायाममा बग्ने पानीबाट विभिन्न दुर्घटना भइरहेको उनीहरुको भनाइ छ ।

चुनाव प्रचारप्रसार संयोजक राजु श्रेष्ठले यसपटक वडामा एमालेको जीत सुनिश्चित भएका बताए । उम्मेदवारले ज्येष्ठ नागरिकलाई घरघरमा वृद्धाभत्ता, युवा, एकल महिला तथा बालबालिकालाई समेत मध्यनजर गरी विभिन्न सीपमूलक तालिम प्रदान गरी वडालाई समृद्ध वडा बनाउने समेत योजना रहेको बताएका छन् । त्यसैगरी विदेशबाट फर्केका युवालाई सीपलाई सदुपयोग गरी सहुलियत दरमा ऋण प्रदानका लागि सहजीकरण गर्ने समेत एजेण्डा बनाएका छन् । रंगशाला, पोखरा विमानस्थल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वडाका जनताको पहँुच पु¥याउनसमेत पहलकदमी थाल्ने उमेदवारको चुनावी प्रतिबद्धता छ ।

मंगलबार घरदैलो टप्स स्कुल हुँदै पीपलडाली चोक, गौतमबुद्ध मार्ग, गोर्खा वेलफेयर एरिया, बुद्धचोक उत्तरतर्फको एरिया, पोखरा रंगशाला, इन्द्रमार्ग, घलेचोक, एसओएस स्कुल, किरण मेडिकल चोक, आंधीखोला मेडिकलमा आएर समापन भएको मूल आयोजक समितिका संयोजक सूर्यबहादुर बानियाँले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width