पोखरा, २० वैशाख । सत्तारुढ पाँचदलीय गठबन्धनले पोखराको मुख्य पर्यटकीय क्षेत्र बैदाममा घरदैलो अभियानलाई निरन्तरता दिएको छ । गठबन्धनबाट पोखरा–६ का उम्मेदवार मतदाताको घरघरमा पुगेर मत मागिरहेका छन् । गठबन्धनको चुनावी घोषणपत्रले यस क्षेत्रको विकास हुनेमा मतदातासमेत आशावादी छन् ।
विभिन्न सांस्कृतिक कार्यक्रमसहित उम्मेदवार घरदैलोमा सहभागी हुँदा स्थानीयवासीले भव्य स्वागत गर्ने गरेका छन् । मंगलबार जरेवर, बुलौँदी, ठाडापसल, गैरीखेत, दृष्टिमार्ग, मुलथोक, गौरीघाट, अम्बोट हुँदै बगैँचासम्म घरदैलो गरिएको कांग्रेस वडा इकाइ समितिका सहसचिव शंकर पहारीले जानकारी दिए ।
निवर्तमान वडाध्यक्ष जगतबहादुर पहारीले गठबन्धनका कांग्रेसतर्फबाट पुनः चुनाव लडेका हुन् । सदस्यमा नेकपा माओवादीका तर्फबाट कृष्णप्रसाद आचार्य, खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) तर्फबाट विकास पहारी र महिला सदस्यमा कांग्रेसका तर्फबाट पवित्रा थापा र दलित महिला सदस्यका कांग्रेसकी शोभा जलारी चुनावी मैदानमा छन् ।
वडाध्यक्षका प्रत्याशी पहारीले पर्यटकीय क्षेत्र बैदामको थप विकासका लागि गठबन्धनको जीत सुनिश्चित रहेको बताए।
Related News
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१