एमालेसँग अरू पार्टी तुलना गर्न सकिंदैन

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७९
cpn uml pkr 26

पोखरा, २० वैशाख । पोखरा वडा २६ मा नेकपा एमाले उम्मेदवारको घरदैलो जारी छ । घरदैलोमा स्थानीयवासी ९० वर्षीया रीता थापाले एमाले नै दिएको भत्ता दिने पार्टी भएको हँुदै सूर्यमा भोट खसाल्ने बताइन्।

चुनाव प्रचारप्रचार समिति संयोजक रामचन्द्र तिमिल्सिना नै अब सूर्य ध्वाजाबाहक ५ जनालाई नजिताई विश्राम नलिने बताए । स्वतन्त्र उम्मेदवार फिर्ता लिएका रामकृष्ण जिसीले एमालेसँग कुनै पार्टीसँग तुलना गर्ने नसक्ने व्यक्त गरेर आफूले उम्मेदवारी फिर्ता लिएर आज आफ्नो नेतृत्वमा गरेर भएको घरदैलोमा निर्वाचन सात सूर्यमा सात छाप लगाई पोखरा महानगरपालिकाका मेयरको उम्मेदवार कृष्ण थापा, उपमेयर मञ्जुदेवी गुरुङलगायत वडा २६ का वडाध्यक्षका उम्मेदवार सूर्यनाथ भण्डारी सदस्यमा ध्रुव थापा, वसन्त वञ्जरा, प्रमिला बराल भण्डारी र शर्मिला सुनारलाई विजयी गराउन अनुरोध गरे।

कार्यक्रममा टोल कमिटी अध्यक्ष सुवास सापकोटा र भीमनाथ अधिकारी तथा वडाध्यक्ष नारायणप्रसाद बराल, हरिश्चन्द्र देवकोटा, खड्का रानाभाट, विकास अधिकारी, वामदेव ढुंगाना, रामहरि ढुंगाना, रमेश रानाभाट लगायतको सहभागिता थियो।

उनीहरुले शान्तिमार्ग, उपल्लो सक्नेरी, तल्लो सक्नेरी र रिठ्ठेपानीलगायत ठाउँमा घरदैलो गरे । घरदैलोमा ३ सय बढी उपस्थिति रहेको प्रचारप्रचार विभाग प्रमुख सन्देश तिमिल्सिनाले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width