पोखरा, २० वैशाख । नेकपा एमालेको अन्नपूर्ण गाउँपालिकाका उम्मेदवारले घरदैलो अभियानलाई वडा १, २, ३, ८, ९, १० र ११ मा घरदैलो गरेका छन् ।
घरदैलोमा अध्यक्षका प्रत्यासी विष्णुबहाहुर केसीले आफूहरुको विजय भइसकेको र घोषणा हुनमात्रै बाँकी रहेको बताएका छन् । योभन्दा अगाडिको निर्वाचनक्रममा एमाले पराजित हुँदा विकास निर्माणका योजना सम्पन्न नभएको भन्दै आफूहरुको विजयपश्चात् सफल हुने प्रत्यासी केसीको भनाइ थियो । आफूहरुको जीतपश्चात गाउँपालिकाको मुहार फेरिने उनको दाबी थियो ।
एमालेले गाउँपालिकाको नेतृत्व लिएर स्वास्थ्य, शिक्षा तथा आर्थिक वृद्धिदरका लागि काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । निर्वाचनको प्रचारका लागि गाउँपालिकाका विभिन्न गाउँमा वडामा टोल तथा वडा कमिटी परिचालन गरिएको प्रत्यासी केसीले जानकारी दिए ।
घरदैलोमा विभिन्न पार्टीमा आस्था रहेका कार्यकर्तालाई अबिर खादा लगाएर पार्टी प्रवेश गराइएको छ । विद्यार्थी र युवा कार्यकर्ता परिचालन गर्दै मतदाता शिक्षासमेत प्रदान गरिएको छ । घरदैलोमा प्रदेश जिल्ला, गाउँ कमिटी सदस्य लगायत वडा कमिटीका नेताको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१